Monday, December 19, 2011

रहस्यमयी उत्तर कोरिया र किम जङ इलको मृत्यु

उत्तर कोरिया कतिसम्म रहस्यमयी छ भन्ने कुराको पछिल्लो पुष्टि हो शासक किम जङ इलको मृत्युको खवर । शनिवार विहान नै रेलमा हृदयाघात भई किमको मृत्यु भइसकेको रहेछ । तर उत्तर कोरियाका धेरै नागरिक र मुलुकबाहिरका सारा विश्वले दुइ दिनपछि सोमबार विहानमात्र मृत्युको खवर पाए ।
    सूचना प्रविधिको तीब्रतर विकासले गर्दा कुनै सूचना तत्काल विश्वभर फैलने अहिलेको जमाना छ । समाचार प्रसारण गर्ने रेडियो र टेलिभिजनलाई समेत उछिन्दै सामाजिक सञ्जालहरु -फेसबुक, ट्वीटरलगायत) मार्फ सूचना, जानकारीहरु संसारभर फैलिइरहेका हुन्छन् । तर अमेरिका र दक्षिण कोरियासँगको तीतो सम्वन्ध र उत्तर कोरियामा १५ वर्षशासन गरेका तथा मुलुकभित्र 'लोकप्रिय नेता' भनेर चिनिने किमको मृत्युको खवर दर्ुइ दिनपछि वाहृय संसारले थाहा पायो ।  
    उत्तर कोरियाको सरकारी टेलिभिजनकी प्रस्तोताले आँशु झार्दै किमको मृत्युको खवर प्रसारण गरेपछि अरु समाचार च्यानल, एजेन्सीले प्रसार गर्न थालेका थिए । कोरियन सरकारी टिभिको समाचारमा मृत्युको कारण र मितिबारे प्रष्ट जानकारी उल्लेख नभएकाले अन्य सञ्चारमाध्यमलाई विस्तृत विवरण र्सार्वजनिक गर्न निकै समय लाग्यो । विविसी, अलजजिराजस्ता समाचार च्यानलले उत्तर कोरियाको सरकारी टिभिलाई उधृत गर्दै अपुरो खवर प्रसारण गरे । टेलिभिजन च्यानलहरुले किमको मृत्युले पार्नसक्ने प्रभावलगायतका विषयमा मात्र रिपोटिङ गरे । मृत्युको खवर र्सार्वजनिक हुनासाथ एसियाली शेयर कारोबार ओरालो लागेको, दक्षिण कोरिया, जापानले सुरक्षा र्सतर्कताको प्रवन्ध मिलाएकोजस्ता खवरहरु पनि प्रसारण भए । धेरै बेरपछिमात्र अलजजिरामा क्वालालम्पुरका रिपोर्टरले किमको मृत्युको कारण र मिति जानकारी गराएका थिए ।
    कम्युनिष्ट मुलुक उत्तर कोरियाका प्रायः सबै कुरा बाहिरी संसारका लागि रहस्यमयी लाग्छन् । गतवर्षविश्वकप खेल्न दक्षिण अप्रिmका जाँदा उत्तर कोरियाली टिमलाई रहस्यमयी टिम भनेर पुकारिन्थ्यो । उत्तर कोरियामा इमेल, इन्टरनेट भित्रिसकेपनि सबैको पहुँचमा छैन र सहज पनि छैन ।
    उत्तर कोरियामा महान नेता भनेर पुकारिने किम जङ इलको कार्यालय कहाँनिर छ भन्ने कुरा मुलुकभित्रकै धेरै नागरिक -नेताहरुसमेत) जानकार छैनन् । राजधानीबाहिर नजिकैकको गाउँमा बसोबास गर्ने सयौं नागरिकहरु पनि राजधानी प्योङयाङ पुगेका हुँदैनन् । किनभने त्यहाँ मानिसहरु आफुखुशी हिंड्न पाउँदैनन् । यसका लागि विशेष काम चाहिन्छ र पार्टर्ीी अनुमति दिनर्ुपर्छ । सामान्यता किमको भ्रमणसम्वन्धी समाचारहरु सरकारी टिभीले फर्केपछिमात्र प्रसारण गर्छ । उत्तराधिकारी भनिएका किमका छोरा किम जङ उनको उमेर, अध्ययनका बारेमा अहिलेसम्म बाहिर र्सार्वजनिक भएको छैन । स्वीट्जरल्याण्डमा पढेको भनिएका युनको उमेरलाई २० देखि ३० वर्षम्म अनुमान गरिन्छ । 
    उत्तर कोरियाभरि करि साढे चार सय विदेशीको उपस्थिति छ । चीन र रुसबाहेक अरु सबैको दुतावास एउटै कम्पाउण्डभित्र अटाएको छ । राष्ट्र संघ, युरोपेली संघ र केही युरोपेली विकास संस्थाका अधिकारीलाई महिनामा दर्ुइपल्ट कोरियाली दोभाषे लिएर अंग्रेजीमा मात्र बोल्न पाउनेगरी राजधानीबाहिर जान दिइन्छ र अरु कुराकानी गर्न बन्देज लगाइन्छ ।
    किम जङ इलको बारेमा अन्तर्रर्ााट्रय सञ्चारमाध्यममा तीन वर्षयता मृत्यु भएको, विरामी भएको, अस्पताल लगिएको लगायतका विवादास्पद समाचारहरु आइरहन्थे । यसबारेमा उत्तर कोरिया आफैले पनि कुनै प्रतिक्रिया जनाउँदैनथ्यो । अहिले भने ६९ वषर्ीय किमको मृत्युको खवर अनपेक्षित रुपमा आएको धेरैले बताएका छन् ।
    उत्तर कोरियामा प्रत्येक नागरिकले किम इल सुङ -किम जङ इलका पिता एवं पर्ूव शासक) को लकेट झुण्ड्याएका हुन्छन् । उनीहरुलाई हरेक आइतबार किम इल सुङको बारेमा अध्ययन गर्न र्सार्वजनिक विदा दिइन्छ । किम इल सुङको नामबाट ठूला विश्वविद्यालय, सडक, विद्युत गृह, सभागृह, प्रतिष्ठानको नामकरण गरिएको छ । किम इल सुङ र किम जङ इलको रंगीन तस्वीरहरु नभएको कुनै चोक भेटिन्न । धेरै नागरिक किम जङ इलसँग मुडअनुसार मौसम परिवर्तन गरिदिनसक्ने जादुमयी शक्ति भएको विश्वास गर्छन् ।
    अचेल उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाले नाकावन्दी लगाएको छ । उत्तर र दक्षिण कोरियाबीचको तीन वर्षो युद्ध १९५३ मा सिद्धिएपनि आणविक हतियार उत्पादन तथा परीक्षणको अभियोगमा उसमाथि नाकावन्दी छ । उत्तर कोरियाले किम जङ इलले सैनिक पहिला भन्ने सिद्धान्तमा आधारित संगुन नीति अघि सारेको छ । आणविक हतियार उत्पादन तथा परीक्षण र सेनामा केन्द्रित हुँदा उत्तर कोरियाको आर्थिक अवस्था जर्जर बनेको छ । उत्तर कोरियाले २००६ मा पहिलोपटक आणविक परीक्षण गरेको थियो । उसको सैनिक फौजलाई विश्वकै चौथो ठूलो मानिन्छ । कम्युनिष्ट मुलुक भएकाले उत्तर कोरियाको अर्थतन्त्र राज्य नियन्त्रित छ ।
    कम्युनिष्ट पार्टर्ीी संस्थापक नेता किम इल सुङले सन् १९४५ मा उत्तर कोरियालाई स्थापित गरेका हुन् । पार्टर्ीीथापना, सेना गठन गरेर जापानी साम्राज्यलाई युद्धमार्फ पराजित गरेर मुलुक स्थापित गरेका कारण उत्तर कोरियाली नागरिकले किम इल सुङलाई सम्मान गर्छन् तर उनले बाँचुञ्जेल अर्थात १९९४ सम्म सत्ताको बागडोर सम्हाले । त्यसपछि छोरा किम जङ इलले शासन गरिरहेका थिए । गत सेप्टेम्वरमा किम जङ इलका छोरा किम जङ उन उत्तराधिकारी घोषित भएका हुन् । उत्तर कोरिया अहिले एउटा परिवारको अधिनायकत्वमा चलिरहेको छ ।

किम जङ इलको चिनारी
    किम जङ इल १६ फेब्रुअरी १९४२ -तर सोभियतको अभिलेखमा १९४१) मा जन्मिएका हुन् । सोभियतको अभिलेखअनुसार किम जङ इलले सोभियतको ८८औं ब्रिगेडको पहिलो बटालियन सम्हालिरहेका बेला किम जङ इलको भ्यात्स्कोभ भन्ने ठाउँमा जन्म भएको हो । तर उनको आधिकारिक जीवनीमा बएक्दु भन्ने हिमालनेरको सैनिक क्याम्पमा जन्म भएको र जन्मेको बेला हिमालमा दर्ुइ वटा इन्द्रेणी देखिएको उल्लेख छ । उनको आमको मृत्यु १९४९ मा भयो । कारण वच्चा जन्माउने क्रममा मृत्यु उल्लेख भएपनि गोली लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । किम जङ इलको बाल्यकालमा बोलाउने नाम युरी र्इर्सर्ेेेभिक किम थियो ।
    उनी पढ्दादेखि नै बालबालिकाको संगठन, डेमोक्रेटिक युथ लिगलगायतमा क्रियाशील थिए । उनको सौतेलो भाइ किम प्योङ इललाई पोल्याण्डको राजदुत बनाएर पठाइएको छ । दाजुभाइको मनमुटावलाई अन्त्य गर्न बुबाले नै प्योङ इललाई मुलुकबाहिर पठाएको बताइन्छ । 
    किम जङ इल अक्टोबर १९८० को छैटौं अधिवेशनबाट पोलिटव्युरो, पार्टर्ीीचिवालय, मिलिटरी कमिसनमा जिम्मेवारी पाए । फेब्रुअरी १९८२ को सातौं अधिवेशनबाट उनलाई उत्तराधिकारीको रुपमा हेरिन थालियो । किम २४ डिसेम्बर १९९१ मा उत्तर कोरियाको सुप्रिम कमाण्डर भए । १९९२ देखि रेडियोले 'प्यारो बुवा' -डियर फादर) भनेर पुकार्न थालेको हो ।
    बाबुको अन्तिम र छोराको सुरुवाती शासनमै अर्थात १९८० र १९९० को दशकमा उत्तर कोरिया बढि केन्द्रिकृत र अधिनायकवादी भएको बताइन्छ । १९८० कै दशकमा किम इल सङले 'जुछे' -आत्मनिर्भर)को नीति लागू गरेर बाहृय व्यापार बन्द गर्न थालेपछि उत्तर कोरियाले आर्थिक संकट व्यहोर्न थालेको हो ।
    अप्रिल २००९ मा संशोधन भएको संविधानले उनलाई सर्वोच्च नेताको हैसियत दिएको थियो । उनलाई 'प्यारो नेता', 'हाम्रो बुबा' भनेरसमेत पुकारिन्थ्यो । फोर्ब्स पत्रिकाले उनलाई २०१० मा विश्वका शक्तिशाली मानिसहरुको सूचीमा ३१ औं नम्बरमा राखेको थियो ।    
    उनको बुबा किम इल सङको पनि ८२ वर्षो उमेरमा ८ जुलाई १९९४ मा हृदयाघातबाटै मृत्यु भएको थियो । बुबाको मृत्यु भइसकेपछि पनि उनलाई शासकको हैसियत प्राप्त गर्ने प्रक्रिया पूरा गर्न तीन वर्षलागेको थियो ।
    सम्भावित उत्तराधिकारीको रुपमा हेरिएका किम जङ इलका जेठा छोरा किम जङ नाम २००१ मा नक्कली राहदानी बोकेको आरोपमा टोकियोनजिकै नारिता विमानस्थलमा पक्राउ परेपछि उत्तराधिकारीको सम्भावना टरेको थियो । २ जुन २००९ मा कान्छा छोरा किम जङ युनलाई उत्तर कोरियाको आगामी नेताको रुपमा चर्चा गर्न थालिएको थियो । 
    किम जङ इल बुबाजस्तै हवाई यात्रा गर्न डराउँथे । त्यसैले उनी रेल चढेर चीन र रुसको यात्रा गर्थे । उनी फिल्म पारखी थिए । किमसँग २० हजारभन्दा बढी भिडियो टेप र डिभिडीको संकलन रहेको बताइन्छ ।  उनको चारमध्ये एक श्रीमती कोरियन फिल्मकी नायिका किम हेइ रिम थिइन् । किमले 'अन द आर्ट अफ सिनेमा' भन्ने पुस्तक पनि लेखेका थिए । किमकै आदेशमा १९७८ मा कोरियन फिल्म निर्देशक सिन साङ ओक र उनकी नायिका श्रीमती चोई इयुन हिलाई नियन्त्रण गरेर जुछे -आत्मनिर्भर) नीतिमा आधारित फिल्म 'डायरी अफ अ गर्ल स्टुडेण्ट' निर्माण गर्न लगाएका थिए ।
    रहस्यमयी किम प|mान्समा बनेको वाइनबाहेक विदेशी उत्पादन खाँदैनथे भन्ने गरिन्छ । उनका रुचि, सम्पत्तिका बारेमा विभिन्न खालका अडकलबाजी लगाउने गरिन्छ ।

No comments:

Post a Comment