Thursday, March 29, 2012

प्यारो नाम, राम्रो नाम

     तपाईलाई आफ्नो नाम कस्तो लाग्छ ? प्यारो लाग्छ, यसमा शंकै छैन । राम्रो नि ? यसमा चाहिं सोच्नुपर्ला, होइन त ? तपाईमध्ये कतिपयलाई मेरो नाम यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो भन्ने पनि लाग्दो हो । ज्योतिषि, बाबु-आमा वा अन्यले राखिदिएको नाम मन नपरेर आफै फेर्नुभएको पनि होला । सबैलाई आफ्नो नाम मन पर्दैन भन्ने चाहिं होइन ।
    नाम आफ्नो पहिचान हो । जीवनकालभर झुण्डिरहन्छ, मरेपछि पनि नामको अस्तित्व रहन्छ । बरु, समयावधि धेरथोर होला । पृथ्वीनारायण शाह, भीमसेन थापा, भानुभक्त आचार्य, फाल्गुनन्द लिङ्देनलगायतका व्यक्तिहरु उहिल्यै बिते तर नाम उच्चारण भइराखेको छ । अरु लाखौंका शरीरसँगै नाम पनि बिलायो । शरीरसँगै नाम अन्त्य नहोस्, दुनियाँले चिनुन् भनेर रचनात्मक काम गर्नेहरु थुप्रै हुन्छन् । नराम्रो कामले चर्चामा आउने पनि छन् ।
    नाम राख्ने कुरामा जातीय, धार्मिक पृष्ठभूमिले धेरै प्रभाव पार्छ । हिन्दु धर्मको प्रभाव बढी छ हाम्रो समाजमा । ज्योतिषीले जन्मेको दिनको आधारमा राशी, नक्षत्र मिलाउन आफै नाम राखिदिन्छन्  वा सुरुको अक्षर जुराइदिएर अरु थप्ने जिम्मा परिवारलाई सुम्पिदिन्छन् ।
    कतिपयले जन्मेको बारका आधारमा पनि नाम राखिदिन्छन् । जस्तो, सोमबार जन्मिए सोम बहादुर/माया । धेरै सन्तान नबाँच्दा नराम्रो नाम राखिदिए दर्ीघायु हुन्छ भन्ने विश्वास पनि कतिपय समुदायमा छ । नाम जे सुकै भएपनि क्रमअनुसार जेठा/कान्छा, जेठी/कान्छी भन्ने पनि गरिन्थ्यो । अहिले पनि गाउँघरमा कैयौंलाई यसरी नै पुकारिन्छ । त्यसो हुँदा कतिपयको त खास नाम पनि थाहा पाइदैंन । तर, नयाँ पुस्ता नामबाटै बढी चिनिन थालेको छ ।
    उल्लिखितबाहेक अरुबाट प्रभावित भएर नाम राख्ने पनि चलन हुन्छ । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको नाम उनका बुबाले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबाट प्रभावित भएर राखिदिएका रहेछन् । प्रशिद्धि कमाएका कलाकार, साहित्यकार, नेतासँग हुबहु मिल्दोजुल्दो नाम पनि राख्छन् । कतिपय त संयोगमात्र पनि हुनसक्छ । भानुभक्त आचार्य, माधव घिमिरे, भुवन केसी,  शीव श्रेष्ठ थुप्रै छन् नेपालमा ।
    नाम राख्ने, फर्ेर्ने क्रम चल्दा एउटैको दर्ुइ वा सोभन्दा बढी नाम पनि हुन्छ । आफ्नो नाम मन नपरेर वा अरुसँग मिल्दोजुल्दो भएर थुपै्रले नाम फेरेका छन् । त्यसैले कतिपयको बोलाउने नाम एउटा र डकुमेन्टमा अर्कै हुन्छ ।
    नाम मिल्दोजुल्दो हुँदा धेरै पटक झुक्किनु पर्छ । अरु त झुक्किन्छन्, आफै पनि कहिलेकाहीं झुक्याइमा परिन्छ । आफ्नो नाम सुन्दा झस्किएर फर्कियो, अर्कैलाई बोलाएका हुन्छन् । कतिपयले त उस्तै नाम भएका नजिकै देखे भने जानी-जानी झुक्याइदिन्छन् । कहिलेकाहीं त नाम, थर पूरै मिल्छ । मेरै नाम, थर भएका अर्का पनि रहेछन् । तीन वर्षघि, बाँझोका 'रोशन साँवा' चोरीको आरोपमा पक्राउ परेछन् । त्यो समाचार राष्ट्रिय समाचार समितिको बुलेटिनमा छापिएछ । म त्यतिबेला काम गर्ने अन्नपर्ूण्ा पोष्टलाई कतै आफ्नै रिपोर्टर त होइन भन्ने शंका उब्जिएछ । फोन पनि गरेछन् तर म काठमाडौं जाने क्रममा गाडीमा हुनाले फोन लागेनछ । भोलिपल्ट कार्यालयमा कुरा चल्दा पो म छक्क परेँ । गुगलमा नाम टाइप गरेर खोज्यो भने त्यो समाचार अझै पनि भेटिन्छ ।
    धेरैसँग नाम मिल्दा अर्को पनि समस्या छ । फोनमार्फ कसैलाई परिचय दिंदा नाम, थर पूरै भन्नुपर्छ । नौलो मान्छेले त थर पनि राम्ररी बुझ्दैन र दोहोर्‍याई-तेहेर्‍याई भन्नर्ुपर्छ । यस्तोबेला कसैसँग नमिल्ने नाम राख्नुपर्ने रहेछ भन्ने लाग्छ । अरुसँग नमिल्ने नाम छ भने परिचय दिंदा नाममात्र बताए अर्कोले चिनिहाल्छ । गीत, फिल्म, कथाका पात्रसँग नाम मिल्यो भने पनि कतिपयले मौका पर्नासाथ जिस्क्याइदिन्छन् । 'गर्नु गर्‍यौ बलराम भैंसी पालेर' गीत गाउँदै धेरैले बलरामहरुलाई पक्कै जिस्क्याए होलान् । 
    केहीले फुर्को जोडेर आफूलाई अलग पारेका छन् । धरावासी, रसिक, निष्ठुरी यसका उदाहरणहरु हुन् । पहिलो र दोश्रो नामलाई छोट्याएर ताना, केबी, केपी, सिपी पनि बनाएका छन् । फुर्को जोड्ने र छोट्याउने कारण अरु पनि हुन सक्छ । नाम छोट्याउन नाम पनि सुहाउने हुनर्ुपर्ने रहेछ ।
    नामलाई 'एकर' सँग जोगाउन गाह्रो पर्छ । दर्ुइ अक्षरको नाम हुने बढी मर्कामा पर्दा हुन् । ठूला मान्छेले रिस उठेको बेला नाममा एकर जोडिदिन्छन् । तर, माया गरेको बेला दर्ुइ अक्षरका नाममा 'उकर' जोड्न पनि सजिलो छ । एकर जोड्ने मानवीय स्वभाव नै हो कि ! आमने-सामने एकर जोडेनन् भने पनि अनुपस्थितिमा एकर जोडिदिने थुप्रै हुन्छन् । अझ कोहीको त ठूलो पल्टिन खोज्ने स्वभाव हुन्छ । जमात वा भीड भएको ठाउँमा अरुलाई देखाउन/सुनाउन पनि एकर जोडेर बोलाइदिन्छन् ।
    तीन वटा अक्षरको नाममा पनि एकर जोडिन्छ । चार वा त्योभन्दा बढी अक्षर हुँदा चाहिं एकर जोड्न अलि गाह्रो हुने रहेछ । तर, कतिपयले तर अक्षर छोट्याएरै एकर जोडिदिन्छन् । नामको अन्त्यमा इ/उ/य अक्षर हुँदा एकर जोड्न अलि गाह्रो होला ।
    नाममा आधा अक्षर हुँदा अरुले राम्ररी उच्चारण गरिदिंदैनन् । लेख्ने बेलामा बिगारिदिन्छन् । नाम राख्ने बेलामा यस्तो कुरामा ख्याल गर्नुपर्ने रहेछ । नाम अरुले सजिलोसँग उच्चारण गर्ने खालको हुनुपर्ने रहेछ । कहिलेकाहीं एउटा भाषामा राम्रो होला भनेर नाम राख्यो अर्को भाषामा अश्लील अर्थ्याउने पनि हुनसक्छ । यस्ता नामधारीले कुनै न कुनै बेला अप्ठेरो महशुस गर्नुपरेको होला ।
    कहिलेकाहीं वर्ण्ाानुक्रममा लाइनमा बस्नर्ुपर्छ । नामको सुरु अक्षर वर्ण्ाानुक्रममा अन्तिमतिरको भए कर्ुदा-कर्ुदा हैरानी हुन्छ । अगाडि हुनेको काम सिद्धिइसक्छ, आफू चाहिं पालो कहिले आउला भन्दै बस्नर्ुपर्छ । सबभन्दा सुरुको अक्षरबाट नाम राख्दा परीक्षामा प्रभाव पर्छ । आफू सबभन्दा अगाडि बस्नर्ुपर्छ । पछाडि फर्केर खासखुस गर्दा निरीक्षकको आँखा परिहाल्ने । चिटै र्सार्न पनि गाह्रो ।
    आफ्नो नाम कति प्यारो लाग्छ भन्ने त तपाई-हामी सबैलाई थाहै छ । कुनै कार्यक्रममा आफू बोलिएको छ भने त्यसपछिको समाचार आउँदा सबभन्दा पहिले आफ्नो नाम छ कि छैन भनेर हेर्र्छौं । नाम छ भने त्यसपछि बाँकी पढ्छौं र अरुलाई पनि पढ्न लगाउँछौं । छैन भने किन आएन भनेर नकारात्मक ढंगले कारण केलाउनतिर लाग्छौं । कुनै कार्यक्रम वा भीडमा आफ्नो नाम उच्चारण भयो भने गमक्क पर्र्छौं । उल्लेखनीय काम गरिएको छ तर नाम उच्चारण भएन भने खिस्रिक्क परिहाल्छौं । आफ्नो बारेमा समाचार वा लेख छ भने के-के गर्र्छौं, तपाई-हामीसँग अनुभव छदंैछ । आफ्नो नाम प्रकाशन/प्रसारण होस् भनेर अनेक चुक्ली लगाउने पनि कहिलेकाहीं भेटिन्छ । 
    हाम्रै गाउँघरमा चलेको बाँस, स्कुल/पाटीको भित्ता कोर्ने चलनको ध्येय पनि आफ्नो नाम अरुले थाहा पाऊन् भन्ने नै हो । मान्छेले नामलाई चर्चामा ल्याउन अनेक क्रियाकलाप गर्छन् ।    स्वभाविक काम गरेर चर्चामा आउने धेरै छन् । तीबाहेक चर्चामै आउनका लागि पनि थुप्रैले अस्वभाविक काम गर्छन् । गिनिज बुकमा नाम लेखाउने होडबाजीमा अनेक क्रियाकलाप गर्नेहरु देख्दा/सुन्दा छक्कै परिन्छ । रेकर्ड राख्नैका लागि धेरैबेर पढ्ने, बढी समय हात मिलाउने, अंगालो मार्ने, चुम्बन गर्ने, यौनजन्य कार्य गर्नेजस्ता क्रियाकलाप संसारभर भइरहेका हुन्छन् ।
    १० महिनाअघि गिनिज बुकमा नाम लेखाउने लहडमा अर्ढाई वर्षो बालकलाई पोखरामा प्याराग्लाइडिङ गराउँदा कम्पनी र अभिभावकसँग नेपाल नागरिक उड्डयन कार्यालयले स्पष्टीकरण नै माग्यो । त्यस्तै पाँच महिनाअघि चितवनकी बालकुमारी अधिकारीले पनि चर्चामा आउने लहडमै राजेश हमालकी श्रीमती भएको दाबी गरेकी थिइन् कि ! पैसा भेटेर फिर्ता दिएको नाटक गर्ने अनुजा बानियाँजस्तो चाहिं नगर्नु होला है । समाचारमै पढेको हो, अनुजाको बिहे गराउन ज्वाई नभेटेर अभिभावक अहिले हैरान छन् रे ।
(इलाम पोष्ट दैनिकमा २०६८ चैत १६ गते प्रकाशित)
       
   
   
   
       

No comments:

Post a Comment