Wednesday, June 8, 2011

ताप्लेजुङको तोङबा र सुकुटी

पूर्वमा एउटा तुक्का चल्तीमा छ,झापाको खेती इलामकी केटी र ताप्लेजुङको तोङ्बा र सुकुटी राम्रो । इलामका केटी राम्रा हुन् या तुक्कामा अत्यानुप्रास मिलाउन मात्र जोडिएको हो कथ्नेले नै जानून् । तर झापाको उर्वरायुक्त जमिनको खेती र ताप्लेजुङको तोङ्बा र सुकुटी चािहं साँच्चिकै उत्कृष्ट छन् । हिजोआज ताप्लेजुङ भन्नासाथ तोङ्बा र सुकुटी सँगसँगै जोडिएर आउन थालेको छ । 

यहाँ आउने जोकोहीले तोङ्बा र सुकुटीको स्वाद चाख्ने गर्दछ । स्वाद चाखिसकेपछि ताप्लेजुङको तोङ्बा र सुकुटी संझनासाथ रसाउने गर्छ । यस ठाउँको तोङबा र सुकुटीले प्रशिद्धि पाएकै कारण राजधानी काठमाडौंका केही होटलहरुमा ँयहाँ ताप्लेजुङको तोङ्बा र सुकुटी पाइन्छ’ लेखिएको भेटिन्छ ।
सदरमुकाम फुङलिङ बजारमा पहिले शेर्पा लिम्बू गुरुङलगायतका आदिवासी जनजाति समुदायको होटल र घरमा मात्र तोङवा र सुकुटी पाइन्थ्यो अचेल अन्य समुदायले चलाएको होटलमा पनि पाउन थालिएको छ । तोङ्बाको मूल्य ५० रुपैयाँ र एक प्लेट सुकुटी राँगाको मासु सुकाएर बनाइएको परिकार को मूल्य ५० रुपैयाँ पर्छ । यहाँको तोङ्बा र सुकुटी अन्यत्रभन्दा स्वादिलो र रसिलो हुने पारखीको अनुभव छ । बाह्रैमास चिसो रहने फुङलिङ बजारमा तोङ्बा र सुकुटी खाँदै जीउ तताउनुको रमाइलो छुट्टै छ

ताप्लेजुङ तोङ्बा र सुकुटीमात्रै खान आउने ठाउँ होइन । यस जिल्लामा चर्चित धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । काचनजंघा र कुम्भकर्ण हिमाल बाह्य पर्यटकलाई समेत भित्र्याइरहने ठाउँ हो । पाथिभरा र तिम्बुङपोखरीले दशकौंदेखि नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरुलाई ओइर् याइरहेको छ । ओलाङचुङगोलाको चार सय वर्ष पुरानो डिकिछोलिङ गुम्बाले नेपाल भुटान र तिब्बतका बौद्ध धर्मावलम्वीहरु तानिरहेको छ ।  

यस जिल्लाभित्र फुङफुङ्गे झरना काचनजंघा संरक्षण क्षेत्र सोदोपोखरी गुराँसका वनहरु जस्ता घुम्न हेर्नलायक ठाउँहरु छन् । जिल्लाका धेरैजसो ठाउँबाट हिमालय श्रृंखला देखिन्छ । हिमचितुवा रेडपाण्डा डाँफेजस्ता दुर्लभ जीवजन्तु हेर्न सकिन्छ । 

पाथिभरामा पाचकन्या कालिकादेवी रहेको विश्वासमा नेपाल भित्र र बाहिरबाट हजारौं हिन्दु धर्मावलम्वीहरु पूजाअर्चना गर्न आउने गर्दछन् । पाथी भरेजस्तो डाँडा भएकाले यसलाई पाथिभरा भएको हो । यो धार्मिकस्थल सदरमुकामदेखि करिव १९ किलोमिटर टाढा छ । पाथिभरा मन्दिरचािहं ३७९४ मिटर उचाईमा छ । 

पाथिभराको कालिकादेवीलाई रक्तकाली बज्रकाली भद्रकाली मंगलाकाली र सिद्धकालीको रुपमा विश्वास गरी पाचकन्या भनेर पुकारिन्छ । यहाँ आएर पूजा अर्चना गरे जस्तोसुकै मनोकांक्षा पूरा हुने विस्वास गरिन्छ । दुःख सङकट परेको बेला पाथिभराको भाकल गरेर अनुकूल समयमा पूजा अर्चना गर्ने चलन पनि छ । पुस र माघमा जाडो बढी हुने भएकाले यहाँ दर्शनार्थी आउँदैनन् । साउनमा पूजा गिरंदैन  ।
पाथिभरा डाँडाबाट हिमालय श्रृंखला हेर्नुको आनन्द बेग्लै हुन्छ । गुराँस सुनाखरी धुपी र मालिङ्गोको वन छिचोल्दै मृग र रेडपाण्डा नियाल्दै मन्दिर ओहोरदोहोर गरिन्छ ।
पाथिभरा जान वर्षेनी सहज बन्दैछ । झापाको विर्तामोडदेखि सदरमुकामको सडक दुरी दुई सय ४५ किलोमिटर छ । सडकमा जीप बस चल्छन् । फिदिमदेखि सुकेटारसम्म सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । सुकेटारदेखि भालुगौडेसम्म जीप चल्छ । त्यहाँदेखि तीनदेखि पाँच घण्टामात्र हिडे पाथिभरा डाँडामा पुग्न सकिन्छ । 

काठमाडौंदेखि सोझै सुकेटारसम्म हवाइजहाज चल्ने भएपनि मौसमका कारण त्यति भरपर्दो हुँदैन । यातायात सहज बन्दै गएकाले दर्शनार्थीहरुको भीड पाथिभरामा वर्षेनी बढ्दैछ । भदौ-असोजमा यहाँ बढी भीड हुन्छ । एक दिनमा पाँच हजारसम्मले दर्शन गरेको मन्दिर संरक्षण समितिको तथ्याङ्क छ । यसपटक हिउँद याममा पनि बढी भीड भयो । रामनवमीको दिन तीन हजार एक सयभन्दा बढीले पाथिभराको दर्शन गरे । स्थानीय समुदाय तथा मन्दिर समितिले दर्शनार्थीहरुको लागि खाने बस्ने हिड्ने सहज बनाउन भौतिक पूर्वाधार निर्माण अगाडि बढाइरहेका छन् 

अलि लामो समय मिल्यो भने काचनजंघा र कुम्भकर्णको फन्को मार्दै प्राकृतिक सामाजिक साँस्कृतिक विविधतालाई नियाल्न सकिन्छ । यसका लागि हिड्ने क्षमता र घुमाईको आधारमा एक फन्को लगाउन १० देखि २४ दिनसम्म छुट्याउनुपर्छ । जसको लागि घुमाई सुकेटारदेखि सुरु गरेर लिङखिम तापेथोक लेलेप लेलेपकै घुन्सागाउँ जानुपर्छ । त्यसपछि याम्फुदिन गाविस पुगिन्छ । याम्फुदिनमा काचनजंघाको आधारशिविर छ । याम्फुदिनबाट पेदाङ मामाङखे सिकैचा फावाखोला हुँदै सुकेटार आइपुगिन्छ । मामाङ्खेबाट तेल्लोक आम्वेगुदिन हुँदै सिनामबाट गाडी चढेर मध्य पहाडी राजमार्ग हुँदै मेची राजमार्गअन्तर्गत पाँचथरको गणेशचोक निस्केर यात्रा छोट्याउन पनि सकिन्छ 
यो यात्रामा शेर्पा तिव्वतीयन मुल लिम्बू गुरुङ राईलगायतका विभिन्न जातिको संस्कृति विभिन्न प्रजातिका बोटविरुवा फूल चराचुरुङ्गी वन्यजन्तु हेर्न सकिन्छ । यही क्षेत्रमा दुर्लभ हिमचितुवा रेडपाण्डा पनि भेटिन्छ । 

बाटोमा खान बस्न उतिसारो महँगो हुँदैन । खाना ७० रुपैयाँदेखि डेढ सय रुपैयाँमा पाइन्छ । कतिपय ठाउँमा खाना खाएपछि सित्तै सुत्न पाइन्छ भने अन्य ठाउँमा २५ देखि ५० रुपैयाँ तिर्नुपर्छ । सदरमुकाममा पनि ५० देखि पाँच सय रुपैयाँसम्म तिरेर सुत्न पाइन्छ 
तिम्बुङ पोखरी अर्को चर्चित पर्यटकीय स्थल हो । यो ताप्लेजुङको कालिखोला र पाँचथरको फलैंचा गाविसको सीमानामा छ । ४४८१ मिटरको उचाईमा भारतीय सीमानजिकै रहेको यो पोखरीमा पूजा अर्चना गरे मनोकांक्षा पूरा हुने विश्वास छ । त्यसैले नेपाल भारतका विभिन्न ठाउँबाट पूजाअर्चना गर्न यस ठाउँमा आइपुग्छन् । दर्शनार्थीले चढाएको सिक्काहरु पोखरीको िपंधमा रहेपनि बाहिरबाट प्रष्ट देखिन्छ । सिक्काहरु विभिन्न आकृतिमा देखिन्छ । पोखरी स्वच्छ छ । पोखरीमा पातपतिङगर पर् यो भने चराले टिपेर लाने विशेषताले पनि यहाँ आउने दर्शनार्थी मोहित हुन्छन्  

तिम्बुङ पोखरी पुग्न मेची राजमार्गअन्तर्गत पाँचथरको गणेशचोकदेखि करिव तीन घण्टाको जीप यात्रा गरेर च्याङथापु पुग्नुपर्छ । त्यहाँबाट दुई दिन पैदल हिडेरमात्र पोखरीमा पुगिन्छ । फर्कदा एक दिनमा च्याङथापु आइपुग्न सकिन्छ । च्याङथापुदेखि पोखरीबीचको बाटोमा गोठहरुमा मात्र रहेकाले खानेकुरा बास बस्नका लागि आवश्यक सामानहरु आफै बोक्नुपर्छ ।
साँवा गाविसमा रहेको फुङफुङ्गे झरना पनि मनमोहक छ । पानीको तेज बहावका कारण उत्पन्न धुँवासँगै थर्कमान गरेर झर्ने भएकोले यो झरनालाई फुङफुङ्गे भनिएको हो । झरनाको आवाज धेरै टाढासम्म सुन्न सकिन्छ । यसको उचाई ३०० मिटर छ । घनाजङ्गलबीच रहेको यो झरनामा देवीको वास रहेको विश्वासमा पूजाअर्चना पनि गरिन्छ ।  

यो झरना भएको ठाउँमा पुग्न सदरमुकामबाट एक दिनको पैदल यात्रा गर्नुपर्छ । यात्राका क्रममा लिम्बू शेर्पा समुदायको संस्कृति नियाल्न सकिन्छ । 

पोखरी नै पोखरी रहेको गाविस हो पापुङ । यहाँ ६० भन्दा बढी पोखरी छन्  । यस ठाउँमा एक पटक सोदोपोखरी महोत्सव पनि आयोजना भएको थियो । तर पापुङ पुग्न सदरमुकामदेखि चार दिन पैदल िहंड्नुपर्छ ।  

ताप्लेजुङबाट फर्कदा कोसेलीको रुपमा सुकुटी छुर्पी अलैंची काबेली खोलाको माछा ल्याउन सकिन्छ । रसिलो ताप्लेजुङको छुर्पीको प्रशिद्धि बेग्लै छ । यही प्रशिद्धिकै कारण अन्य जिल्लामा पनि ँताप्लेजुङको छुर्पी&#8217; भनेर सक्कली नक्कली छुर्पी बिक्री गरिरहेको भेटिन्छ । <br>
काबेली खोलाको माछा पनि लोकपि्रय छ । साना आकारका बेग्लै स्वाद भएका तीतेमाछाले प्रशिद्धि कमाएको छ । तीतेमाछा काबेली र यो खोलामा मिसिने बाहेकका खोलामा भेिटंदैन । बजारमा सानो सानो पोकामा अलैंची किन्न पाइन्छ । नेपालमै सबभन्दा बढी अलैंची ताप्लेजुङमा उत्पादन हुन्छ ।


 नागरिक दैनिकमा २०६८ जेठ १४ गते प्रकाशित

No comments:

Post a Comment