Monday, July 4, 2011

लोकदोहोरी, जाँतो र होल्ड

दुइ साताअघि राँकेबाट जीप (ट्याक्सी) मा इलाम आउँदै थियौं । देउरालीनेर आइपुगेपछि एक महिलाले गाडी रोकिन् र सोधिन्, 'सिट छ ?’ चालकले पछाडिको सिटमात्र खाली रहेको जवाफ दिएपछि ती महिलाले भनिन्, 'लोकदोहोरीमा पो बस्नू ?’ झट्ट सुन्दा के भनेकी होलान् जस्तो लाग्थ्यो । तर, तिनले पछिल्लो सिटको कति रमाइलो नामकरण गरेकी रहेछिन् । मैले त त्यो सिटलाई लोकदोहोरी भनेको त्यसअघि कहिल्यै सुनेकै थिइनँ । हुन पनि जीपको पछिल्लो भाग लोकदोहोरी गाउन आमनेसामने भएर बस्ने जस्तै त हुन्छ ।
    करिव दुइ वर्षघि तेह्रथुम जाने क्रममा धनकुटाको हिलेमा खाना खाँदै थियौं । एक जना अधवैंशे चिच्याए, 'जाँतो खाली भो ।’ छेवैमा ठूलो आवाज आएपछि आँखा त्यता नपर्ने कुरै भएन । ती मान्छेको थाल रित्तिएको रहेछ । त्यसैले घान लगाउन भात मागेका रहेछन् । जाँतो खाली भो भन्नासाथ होटलवालाले कुरा बुझे र थप खाना ल्याइदिए ।
    सोझै अर्थ दिने शव्दभन्दा लोकदोहोरी र जाँतो भनेजस्तै लाक्षणिक शव्दहरुले बोलीचालीलाई रमाइलो बनाउँछन् । प्रायः लाक्षणिक शव्दहरुमा मिठास पनि हुन्छ । त्यसैले सर्न्दर्भअनुसार यस्ता शव्दहरु बारम्बार प्रयोग भइरहेका हुन्छन् । सोझै भन्न नमिल्ने अवस्थामा कतिपय शव्द चाहिं पर्यायवाचीजस्तै विकल्प पनि हुन् ।
    हामी टेलिफोनका सर्न्दर्भमा अंग्रेजी शव्द 'होल्ड’को प्रयोग बढी गर्र्छौं । टेलिफोनमा प्रयोग गरिने 'होल्ड’को अर्थ हामी सबैलाई थाहै छ । तर यो शव्दलाई एक जना साथीले यसरी प्रयोग गरे, 'श्रीमती माइत गएर म त एक महिनादेखि होल्डमा छु यार ।’
    झापाका इन्सेक प्रतिनिधि एवं मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग)का जिल्ला अध्यक्ष अर्जुन बस्नेतसँग गफ गर्दा यस्ता लाक्षणिक शव्द धेरै सुनिन्छ । करिव चार वर्षघि बाँझोका माङसेबुङ जाने क्रममा रतुवा खोलामा ढुंगैढुंगा देखेपछि उनले भने, 'ओहो, यहाँ त ढुंगाको सोरुम पो रहेछ ।’
    नेपाल पत्रकार महासंघ इलाम शाखाका अहिलेका अध्यक्ष उमेश गुरुङ केही वर्षअघि आफूसँग जिस्कने साथीहरुलाई भन्थे, 'केटाहरुलाई खोया बाँडिदिनु पर्ला जस्तो छ ।’ यसको मतलव जिस्कनेलाई खोया खेलाउँदै बस्ने बाँदर नै त भनिएको हो । तर साथीभाइलाई सोझै बाँदर भन्न मिलेन र लाक्षणिक शव्दको सहारा लिए ।
    यस्ता थुप्रै शव्दहरु छन् । जसलाई अलि यताउता पारेर अर्थ लगाउनर्ुपर्छ तर अर्थ्याउन पनि खासै गाह्रो पर्दैन । शव्दकोष पल्टाउँदा चाहिं तिनीहरुको सोझो अर्थमात्र भेटिन्छ । भाषा भनेकै सञ्चारको माध्यम न हो । शव्दहरुलाई यता उता पारेर पनि त सञ्चार गर्न सकिने रहेछ । यस्ता कतिपय लाक्षणिक शव्दहरु परिमार्जन हुँदै पनि जान्छन् । समयक्रममा नयाँ-नयाँ लाक्षणिक शव्दहरु पनि उत्पत्ति भइरहेका हुन्छन् ।
    एकताका 'चमेरे सिट’ चल्तीमा थियो । बसका सबै सिट भरिएको बेला सह-चालक, कन्डक्टरले भन्थे, 'चमेरे सिटमात्र छ ।’ हामी बुझ्थ्यौं, 'जाने भए चमेराजस्तै झुण्डिएर यात्रा गर्नुपर्छ ।’ यात्राकै सर्न्दर्भमा '११ नम्बर’ बोलीचालीमा प्रयोग हुन्छ । ११ नम्बरको गाडीमा आइयो भन्ने जवाफ आयो भने ऊ हिंडेर आएछ भनेर अर्थ्याइन्छ । दुइ वटा १ ले पाइलाजस्तै संकेत गर्छ । गाडी भनेपछि नम्बर पनि हुनुपर्‍यो । त्यसैले ११ नम्बर गाडी भनिएको होला ।
    तास खेल्दै भन्नुपरेन, 'ऐना हेर्दै’ भन्दा प्रायः सबैले बुझ्छन् । ऐना हेरेजस्तै एकाग्र भएर हेर्दै खेलिने तासलाई जनाउने उपयुक्त शव्द अरु कुनै छ - कसैले ढिलो काम गर्‍यो भने 'ट्युवलाइट’ भनेर जिस्क्याउँछौं । गाउँघरमा कुनै परिवार छुट्टयिो भने बाक्लो दाल खान थालिएछ नि भनेर जिस्काउने चलन छ । यसैगरी छोराछोरी जन्मिदा 'बढुवा’ भएको पनि भन्ने गर्छन् । 
    'आज हात चिलाउँदैछ’ भनेपछि आज कोहीले कुर्टाई खाने सम्भावना बढ्यो भनेर र्सतर्क हुनर्ुपर्छ । कसैले नौलो र अस्वभाविक काम गर्‍यो भने 'आज पश्चिमबाट घाम झुल्कन्छ कि क्या हो’ वा  'आज किन पानी पर्‍यो भनेको त..’ भनेर व्यङ्ग्य गर्र्छौं । धुलो चाट्नु, भुइ सुँध्नु पनि त्यस्तै लाक्षणिक शव्दहरु हुन् ।
    चिया बनाउने मान्छेले ढिलो गर्‍यो भने इलाममा 'चियापत्ति लिन कन्याम नै पुगेछ कि क्या हो’ भन्छौं । इलामबाहिर चाहिं 'चियापत्ति लिन इलाम नै पुगेछ कि क्या हो’ भन्छन् । खानेकुरामा चिनी, नुन, खोर्सर्ाा धेरै भयो भने 'भाउ घटेछ’ भनेर व्यङ्ग्य गर्र्छौं । फेरि थोरै भयो भने पनि 'भाउ बढेछ’ भनेर धर दिंदैनौं ।
    कतिपय लाक्षणिक शव्दहरु बारम्बार प्रयोग भएपछि छोट्टदिा पनि रहेछन् । कुनै कुरालाई पक्का भन्ने अर्थ्याउन अचेल 'काँटी ठोकेजस्तै’ भनिरहनुपरेन ।  'काँटी’ मात्र भन्दा बुझ्न थालिएको छ । माटोमा मिल्नु भनिरहनु परेन । माटो मात्र भने पुग्छ । दिमाग चाट्नु भन्नुपर्दैन । चाट्नुमात्र भन्दा बुझिन्छ । 'गिदी खानु’ लाई 'गिदी’ मात्र भन्दा सुन्नेले सजिलै बुझ्छन् । 'च्युरा कुर्टाई पिट्ने’ भन्नु पर्दैन, 'च्युरा’ भन्नासाथ बुझिन्छ ।
    कतिपय चाहिं परिवर्तन हुँदै जाँदा बेग्लै भइसकेका हुन्छन् । पखाला लाग्दालाई 'पचहत्तर’ भनिन्थ्यो । पचहत्तरलाई समेत अंग्रेजीमा उल्था गरेर कतिपयले 'सेभेन्टी फाइभ’ भन्छन् । कसैले सेभेन्टी फाइभले सतायो भन्यो भने ऊ झाडापखालाबाट सताइएको रहेछ भन्ने बुझिन्छ । बान्ता गर्नुलाई चाहिं गजल गाउनु भनिन्छ ।
    आकार उस्तै हुने भएकाले शून्य अंकलाई बुझाउन आलु भनिएको हो । मान्छेलाई आलु भनियो भने खत्तम रहेछ भन्ने बुझिन्छ तर हिजोआज तरकारी पकाउँदा आलु जेमा मिसाउँदा पनि उपयुक्त हुने भनेर आलु मान्छे भन्दा कतिपयले सबैसँग मिल्ने खालको भनेर पनि अर्थ्याउन थालेका छन् ।
    मात लगाउने पेय पदार्थलाई बुझाउने शव्द त अनगिन्ती छन् । साथी समूह, ठाउँअनुसार फरक-फरक हुन्छ । कुनै ठाउँमा बुझिने शव्दबाट अर्को ठाउँ वा समूहले अर्थ लगाउन नसक्ने पनि हुन्छ । नरसिंह ट्वाक, विजुली पानी, खोया, शक्ति वाटर आदि जुनले पुकारे पनि अर्थ एउटै लाग्छ ।  कतिपय पसलमा चिया माग्यो भने तातो कि चिसो भनेर सोध्छन् । चिसो भन्यो भने रक्सी टक्र्याइदिन्छन् ।
    पेटमा मुसा कुद्यो भन्दा नबुझ्ने कम होलान् । भिजेर मुसा भइयो र मुसा भइयो भन्दा बेग्लाबेग्लै अर्थ लाग्दोरहेछ । अघिल्लोले पानीले पूरै भिजेर मुसाजस्तै चटपटाउन नसकिने भइयो भन्ने अर्थ लाग्छ भने पछिल्लोले छक्याइएको बुझाउँछ ।
    शेयर कारोवारबारे जनाउने 'नेप्से’ -नेपाल स्टक एक्स्चेञ्ज) परिसूचकलाई कतिपयले आर्थिक अवस्था जनाउन पनि प्रयोग गर्छन् । कसैले 'नेप्से ओरालो लागेको छ’ भन्यो भने उसको आर्थिक अवस्था नाजुक रहेछ भन्ने अर्थ लगाउनर्ुपर्छ । कतिपयले यसलाई 'कम्पनी टाट’ छ पनि भन्छन् ।
    मान्छेको चरित्रको बारेमा कुरा गर्दा 'भालु’, 'झिंगे’ भनेपछि लम्बेतान व्याख्या गरिरहनुपरेन । गैरकानुनी कामलाई दर्ुइ नम्बरी, दुक्की भन्दा धेरैले बुझ्छन् । तर, कारोबार गर्नेहरुले त समूह र ठाउँअनुसार पनि बेग्लाबेग्लै शव्द प्रयोग गरिरहेका हुन्छन् ।
    लाक्षणिक शव्दहरु कतिपय निश्चित कार्यालय, समूहले पनि आपसमा बुझ्ने गरीमात्र प्रयोग गरिरहेका हुन्छन् । जसलाई अर्को समूह र कार्यालयले तत्काल बुझ्दैनन् । कतिपयले चाहिं आचरणका आधारमा पनि साथी वा अन्य कुनै व्यक्तिको नामकरण गरेका हुन्छन् ।
    उखान तुक्का पनि यसरी नै बन्दो हो । बोलीचालीमा प्रशस्तै लाक्षणिक शव्दहरु प्रयोग भइरहेपनि लेखाईमा कम प्रयोग गरिन्छ । कतिपय शव्दको मिठास बोल्दा जति लेख्दा पाइदैन । तपाईहरु चाहिं कस्ता-कस्ता लाक्षणिक शव्द प्रयोग गर्नुहुन्छ ? यी पंक्तिहरु पढ्दै जाँदा तपाईलाई अरु लाक्षणिक शव्दहरुको संझना आयो कि !

इलाम पोष्ट दैनिकमा २०६८ असार २० गते प्रकाशित

Thursday, June 16, 2011

अर्जेन्टिनाका मेसी र दार्जिलिङका विमल गुरुङ

    पोहोर असारमा जैविक विविधतासम्वन्धी कार्यक्रमको सिलसिलामा सन्दकपुर गएका थियौं । त्यतिबेला विश्वकप फुटबल प्रतियोगिता हुँदैथ्यो । र्सबत्र फुटबलको चर्चा हुन्थ्यो । सन्दकपुर पुगेका भारतीय गाडी चालकहरु पनि फुटबलको अड्कलबाजी लगाउँदै थिए । त्यहीक्रममा एक जनाले प्रश्न तेर्स्यायो, 'यसपाली विश्वकप कसले जित्ला  ?’ अर्कोले तत्काल जवाफ फर्काइहाल्यो, 'विमल गुरुङले जित्ला जस्तो छ । मेसीले भन्दा राम्ररी छक्याउँछ ।’
    फुटबलसम्वन्धी प्रश्नको यो उत्तर अनपेक्षित थियो तर गोर्खाल्याण्ड आन्दोलन गर्ने गोर्खा जनमुक्ति मोर्चाप्रति तीखो व्यङ्ग्य थियो । त्यतिबेला फुटबलको सबैतिर चासो र चर्चा भएजस्तै सीमावर्ती क्षेत्र र दार्जिलिङ अर्ढाई वर्षघिदेखिको गोर्खाल्याण्ड आन्दोलनले प्रभावित थियो ।
    विचार र अडान बारम्बार परिवर्तन भइरहेकोले गुरुङले छक्याउँदैछन् भन्ने स्थानीयले महशुस गर्न थालिसकेका थिए । अर्जेन्टिनाका लिओनल मेसी र मोर्चाका अध्यक्ष गुरुङ दुवै छक्याउथे भन्नुपर्ला । मेसी विपक्षीलाई छक्याउँथे भने गुरुङ आफ्नै र्समर्थकहरुलाई । मेसीले छक्याउँदा र्समर्थकहरु खुशी हुन्छन् तर गुरुङले छक्याउँदा विपक्षीहरु खुशी हुन्छन् ।
    स्पेनको बार्सिलोना क्लबबाट खेल्ने मेसीले भर्खरै सकिएको युरोपियन तथा स्पेनिस लिगमा विपक्षीलाई छक्याउँदै दजनौं गोल ठोके । यता मोर्चाका नेता गुरुङले पनि भर्खरै थामिएको आन्दोलनका क्रममा दर्जनौं पटक छक्याए । यो छक्याईले भर्खरै ३४ वर्षेखि सत्तासीन कम्युनिष्टलाई पाखा लगाएर सत्तामा पुगेको कांग्रेस गठबन्धनलाई खुशी पारेको छ ।
    विमल गुरुङ कुनै बेला सुवास घिसिङका दाहिने हात मानिन्थे । तर खटपटका कारण उनी पछिल्लो समय घिसिङसँग अलग्गिएर बसेका थिए । सन् २००७ को अगष्ट-सेप्टेम्बरतिर दार्जिलिङका प्रशान्त तामाङ इण्डियन आइडलमा खरो प्रतिष्पर्धीको रुपमा देखिए । तामाङलाई आइडल बनाउन दार्जिलिङबासी उर्लिएको देखेर विमल लोभिए । अनि २००७ अक्टोबर ७ मा खोले गोर्खा जनमुक्ति मोर्चा भन्ने पार्टी व्युँताए गोर्खाल्याण्डको मुद्दा ।
    दार्जिलिङ गोर्खा पार्वत्य परिषदका प्रमुख घिसिङले इण्डियन आइडलको अभियानमा साथ नदिएकाले नेपालीभाषीमा असन्तुष्टी बढिरहेको थियो । त्यसैले मोर्चालाई जनर्समर्थन जुटाउन र घिसिङको उछितो काढ्न सजिलो भयो । २८ महिने आन्दोलन गरेर सन् १९८८ मा दागोपापमा सहमति गरेपछि गोर्खाल्याण्डको मुद्दा कहिल्यै नउठाएको आरोप घिसिङमाथि लाग्यो । घिसिङप्रतिको आक्रोस र आफूप्रति जनर्समर्थनको लहर देखेर मोर्चाले २००७ नोभेम्बर ३ मा गोर्खाल्याण्ड आन्दोलन उद्घोष गर्‍यो र मोर्चाका अध्यक्ष गुरुङ क्ुर्लिए, '२०१० भित्रमा गोर्खाल्याण्ड ल्याउँछौं ।’
    २०१० मा गोर्खाल्याण्ड आएन तर २०११ को मध्यतिर अर्थात भर्खरै घिसिङको दागोपाप जस्तै अर्को नामको प्रशासनिक इकाईमा मोर्चाले पश्चिम बंगाल सरकारसँग सहमति गरेको छ । अहिले गोर्खाल्याण्ड आन्दोलन थामिएको छ । छुट्टै राज्य गोर्खाल्याण्डमा बस्ने दर्ुइ दसक पुरानो सपनामा तुषारापात भएको छ र दार्जिलिङवासी टाउकोमा हात राखेर भन्दैछन्, 'दोस्रोपटक धोका पायौं । पहिले घिसिङले धोका दिए, अहिले गुरुङले ।’
    मोर्चाका नेताहरुले कतिसम्म भ्रममा पारे भने विधान सभाको निर्वाचनमा चार सिट जितिसकेपछि पनि गोर्खाल्याण्ड आन्दोलनबाट पछि नहट्ने भन्दै भाषण गर्न छाडेनन् । निर्वाचनमा पनि गोर्खाल्याण्डकै मुद्दा बनाएर ८० प्रतिशतभन्दा बढी भोट ल्याए ।
    मोर्चाले आन्दोलनका क्रममा पटक-पटक मुद्दा फेरेको थियो । नेताहरु आफ्ना कार्यकर्ताहरुसामु एकथरि बताउँथे र केन्द्र सरकारसँग अर्कोथरी कुरा गर्थे । वार्तामा भएका विस्तृत कुराहरु र्सार्वजनिक गर्दैनथे ।
    २००८ डिसेम्बर २७ देखि राज्य सरकार तथा केन्द्र सरकारसँग वार्ताको क्रम अघि बढेको थियो । तर मोर्चाले शुरुमै गोर्खाल्याण्डको मुद्दालाई वार्तामा उठाएन । तीन पटकको वार्तामा दार्जिलिङमा छैटौं अनुसूची लगाउनेसम्वन्धी विधेयक, दागोपाप जस्ता विषयमा मात्र छलफल भयो । डिसेम्बर २१ मा दार्जिलिङमा भएको चौथो त्रिपक्षीय वार्तामा मात्र गोर्खाल्याण्डको मुद्दाले प्रवेश पायो ।
    तर, २०१० मार्च १८ देखि वार्ताको विषय अन्तैतिर मोडिन थाल्यो । केन्द्र र राज्य सरकारले मोर्चालाई दार्जिलिङमा अन्तरिम व्यवस्था लागू गर्नुपर्ने र्सत अघि र्सार्न थाले । विकास निर्माण प्रक्रियालाई अघि बढाउन र आसन्न विधान सभाको निर्वाचनजस्ता कारण देखाउँदै २०११ डिसेम्बर ३१ सम्म अन्तरिम व्यवस्था लागू गर्नुपर्ने केन्द्रले प्रस्ताव गर्‍यो ।  आन्दोलन लम्बिदै जाँदा पनि छुट्टै राज्य स्थापना हुने सम्भावना देख्न छाडेको मोर्चाले त्यतिबेला सुरक्षित अवतरण नै खोजिरहेको थियो । उसलाई ढुंगा खोज्दा देउता मिले झैं भयो र सहजै प्रस्ताव स्वीकार्‍यो ।
    मोर्चा अन्तरिम व्यवस्थामा जान खोजेपछि नै दार्जिलिङमा र्समर्थकहरुमा असन्तुष्टि सुरु भएको हो । स्थानीय घिसिङलाई जस्तै गुरुङलाई पनि शंका गर्न थाले । मोर्चाले अन्तरिम व्यवस्था भएपनि गोर्खाल्याण्ड आन्दोलन जारी रहने आश्वासन बाँड्यो तर मोर्चाले अन्तरिम व्यवस्थाका बारेमा केन्द्र सरकारसँग गोप्य रुपमा लेनदेनका प्रस्ताव अघि सार्‍यो, यसले झन् शंका बढायो ।
    यही क्रममा अखिल भारतीय गोर्खा लिगका अध्यक्ष मदन तामाङको २०१० मे २१ मा हत्या भयो । मोर्चाको नियत र भ्रष्टाचारका बारेमा र्सार्वजनिक गर्ने भनेर प्रचार गरिएको कार्यक्रम तयारीका क्रममा उनको हत्या भएको थियो । हत्याको आरोप मोर्चालाई लाग्न थालेपछि राज्य सरकारले वार्ताको प्रक्रिया अघि नबढाउने अडान राख्यो ।
    यही बेला मोर्चाले अब अन्तरिम व्यवस्थाका लागि वार्ता नगर्ने भन्न थाल्यो । उसले डर्ुवर्सका आदिवासीको र्समर्थन लिन गोर्खा आदिवासी प्रदेशको प्रस्ताव अघि सार्‍यो । तर छैटौं अनुसूचिको मुद्दा अघि सार्दै आएका त्यहाँका आदिवासीले छुट्टै राज्यको प्रस्तावलाई अस्वीकार गरे । अगष्ट १७ मा भएको त्रिपक्षीय वार्तामा मोर्चाले अन्तरिम व्यवस्थामै जाने सहमति गर्‍यो ।
    मोर्चाले २०११ जनवरी १२ बाट फेरि गोखाल्याण्ड नै हुन्ुपर्छ भनेर आमहडताल सुरु गर्‍यो । २५ जनवरीमा भएको त्रिपक्षीय वार्तामा अन्तरिम व्यवस्थामै जान मोर्चा सहमत भयो ।
    मोर्चाले अन्तरिम व्यवस्थाको सीमा क्षेत्र जलपाइगुडीको डर्ुवर्स र तर्राई क्षेत्र पनि समेटिनुपर्ने माग राख्दै आएको थियो । यसलाई राज्य सरकारले ठाडै अस्वीकार गर्दै आएको थियो । त्यसैले ती क्षेत्रमा प्रभाव देखाउन उसले मार्चपास गर्ने कार्यक्रम राखेर तयारी सुरु गर्‍यो । त्यही क्रममा चार फेब्रअरीमा सिब्चुमा प्रहरीको गोली लागेर मोर्चाका तीन कार्यकर्ताले ज्यान गुमाए ।
    त्यसपछि मोर्चाले फेरि अन्तरिम व्यवस्थामा नजाने र गोर्खाल्याण्डको आन्दोलनलाई निरन्तरता दिने बताउन थाल्यो । १८ अप्रिलमा विधान सभाको निर्वाचन हुँदैथ्यो । यही बहानामा आन्दोलन थामियो ।
    मोर्चाले निर्वाचनमा अत्यधिक मत ल्याएपछि विधानसभामै भएपनि गोर्खाल्याण्डका लागि लड्ने बतायो । तर, पश्चिम बंगालको नयाँ सरकारसँग अघिल्लो सोमबार र मंगलबार भएको वार्तामा मोर्चाले दागोपापजस्तै नयाँ प्रशासनिक इकाई गठन गर्न सहमति जनाएको छ । यसको अर्थ हो, छुट्टै राज्यको आन्दोलन अब रोकियो ।
    नयाँ सहमतिबारे पनि दार्जिलिङबासीले अझै स्पष्ट बुझिसकेका छैनन् । प्रशासनिक इकाईको नाम के रहने र कति अधिकार रहनेलगायतका कुराहरु मोर्चाले आफ्ना र्समर्थकलाई प्रष्ट पारेको छैन । शक्तिशाली समितिमार्फ अध्ययन गरेर प्रशासनिक इकाईको कार्यक्षेत्र टुङ्गो लगाउने भनिएको छ । तर, सीमाक्षेत्र डर्ुवर्ससम्म विस्तार गर्न त्यति सजिलो छैन । त्यहाँका आदिवासीहरुले विरोध गरिरहेका छन्, उता सीमापारिको भुटानले चासो राख्न थालेको छ ।
    सहमतिपछि असन्तुुष्ट बनेका र्समर्थकहरुलाई मोर्चाका नेताहरुले नयाँ व्यवस्था शक्तिशाली हुने र यसैको आधारमा गोर्खाल्याण्ड प्राप्त हुने झुटो आश्वासन बाँड्दैछन् । मोर्चाका प्रवक्ता हर्कबहादुर क्षेत्रीले त गोर्खालीहरुसँग राज्य चलाउने क्षमता नभएकाले प्रशासनिक इकाईको सहमति गर्नुपरेको पनि बताए ।
    दुइ वटा गोर्खाल्याण्ड आन्दोलन र घिसिङको अधिनायकवादी शासनका कारण दार्जिलिङको विकास निर्माण, शिक्षा, व्यापार, व्यवसाय अस्तव्यस्त छ । छुट्टै राज्यको सपना तुहाएर ग्रहण गरेको नयाँ व्यवस्थाले विकास, निर्माणको गति बढाउला र व्यापार व्यवसाय फस्टाउला तर लोकतान्त्रिक पद्धति स्थापना गर्ला भनेर ग्यारेन्टी गर्न सकिंदैन ।
    घिसिङ विरोधी आवाजलाई निमिट्यान्नै पार्न उद्यत थिए । उनले जे भन्यो, नागरिकले त्यही मान्नुपथ्र्यो । त्यस्तै स्कुलिङमा बसेका गुरुङको शासन पद्धति पनि उस्तै नहोला भन्न सकिन्न । प्रशासनिक इकाईमा जिम्मेवारी नसम्हाल्दै मोर्चाका नेतामाथि भ्रष्टाचारको आरोप लागिसकेको छ ।
    आलोचक मदन तामाङको हत्या गरेको आरोप मोर्चामाथि नै छ । गुरुङकै डरले  कतिपयले आन्दोलनमा साथ दिए, निर्वाचनमा भोट पनि हाले । सुवास घिसिङ सत्ताच्यूतमात्र भएनन्, असुरक्षाका कारण जलपाइगुडीको पिनटलमा भाडा तिरेर बसिरहेका छन् । भर्खरै पश्चिम बंगाल सरकारसँग भएको सहमतिमा चित्त नबुझेपनि कार्यकर्ताहरु मोर्चा नेतृत्वको डरका कारण बोल्न सकेका छैनन् ।
    आशा गरौं, दार्जिलिङमा दुरदर्शी र बौद्धिक राजनीतिज्ञको चाँडै उदय हुनेछ जसले पिंजडाको ढोका खोलिदेओस् । लोकतान्त्रिक पद्धति स्थापना होस्, स्थानीयले शान्ति र अमनचयनको सास फर्ेन पाऊन् र सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको नागरिक हुनुको गर्व गरुन् ।


इलाम पोष्ट दैनिकमा २०६८ असार २ गते प्रकाशित