Sunday, January 1, 2012

तपाई हामी सबै पत्रकार

सामान्यतया पत्रकारिता भन्नाले सूचना, सन्देश वा जानकारी सङ्कलन र सम्पादन गरी प्रकाशन/प्रसारण गर्ने कार्य भनेर अर्थ्याइन्छ । त्यसो भए, हामीले चिन्ने, बुझ्ने गरेका पत्रकारहरुले मात्र यस्तो कार्य गर्छन् त - पक्कै पनि, अरुले अझ प्रभावकारी ढंगले गर्न सक्छन् । यसका उदाहरणहरु यत्रतत्र छन् ।
    समाचार भनेकै नया“ कुरा हो । भर्खरै भएका र थाहा नपाइएका कुराहरु नै राम्रा समाचारहरु हुन्  । यस्ता समाचारहरु पत्रिका, रेडियो, टिभीलेमात्र फैलाउ“दैनन्, इन्टरनेटमा पहु“च हुुने जोकोहीले झन् छिटो विश्वभर फैलाइदिन सक्छ । तिनीहरु पत्रकार -रिपोर्टर) हुन् र उनीहरुलाई नागरिक पत्रकार -सिटिजन रिपोर्टर) भनेर चिनिन्छ । उनीहरुको पत्रकारितालाई नागरिक पत्रकारिता -सिटिजन जर्नालिज्म) भन्नर्ुपर्छ । यस्तो मान्यता सुरु भएको धेरै भएको छैन ।
    समाचार र जानकारी संकलन, सम्प्रेषण, विश्लेषण र प्रसारणमा भूमिका निर्वाह गर्ने समुदायको जो कोहीको कामलाई नागरिक पत्रकारिता भनेर बुझ्ने गरिन्छ । बोम्यान र विलिसले त्यस्ता व्यक्तिको उद्देश्य प्रजातान्त्रिक परिपार्टर्ीी लागि चाहिने स्वतन्त्र, विश्वसनीय, यथार्थ र समसामयिक जानकारी उपलव्ध गराउने खालको हुनुपर्ने बताएका छन् । पहिले दर्शक/स्रोता/पाठक भन्ने गरिएका मानिसहरु नै अब नागरिक पत्रकारहरु हुन् । त्यसैले पहिले-पहिले जनताका लागि पत्रकारिता -फर द पिपल) भन्ने गरिन्थ्यो भने अहिले जनताले गर्नेे पत्रकारिता -बाइ द पिपल) भन्न थालिएको छ ।
    नागरिक पत्रकारले प्रयोग गर्ने मुख्य माध्यम इन्टरनेट हो । यस आधारमा फेसबुक, ट्वीटर, युट्युब, ब्लग चलाउने तपाई हामी सबै रिपोर्टर हौं । किनभने, हामी एक ठाउ“मा बसेर नया“ सूचना/तस्वीरलाई इन्टरनेट प्रयोग गरेर आम समुदायमा क्षणभरमा पुर्‍याउन सक्छौं । इन्टरनेटमा पहु“च वर्षोनी बढ्दो छ, हामीले सधैं साथमा बोक्ने मोबाइलमै इन्टरनेट सेवा उपलव्ध हुन थालेको छ । योस“गै सिटिजन जर्नालिज्म पनि प्रभावकारी बन्दै गएको छ । यसले सूचना फैलाउन रेडियो, टिभी, पत्रिकालाई समेत उछिन्न थालेको छ ।
    सामान्यतया पत्रकारले संकलन गर्ने समाचारको चार वटा उद्देश्य हुन्छ ।
  क. प्रशिक्षित गर्ने
  ख. जानकारी दिने
  ग. मनोरञ्जन दिने
  घ. प्रोत्साहित गर्ने ।
    यी चार वटै उद्देश्य फेसबुक, ट्वीटर, ब्लगलगायतमार्फ पनि पूरा गर्न सकिन्छ ।
    नागरिक पत्रकारिताको सशक्त पक्ष भनेकै पाठकले तत्काल प्रतिक्रिया जनाउन सक्छन् । रेडियो, टिभी, पत्रिकालाई पाठक, दर्शकको प्रतिक्रिया तत्काल समेट्न गाह्रो हुन्छ । त्यसो त व्यावसायिक पत्रकारले चलाएका अनलाइन न्युज पोर्टलमा पनि प्रतिक्रिया दिने ठाउ“ हुन्छ । नेपालमै पनि केही पत्रिकाले एसएमएसमार्फ प्रतिक्रिया जनाउने व्यवस्था गरेका छन् । तर, सामाजिक सञ्जालहरुमा पाठक, दर्शकले आफ्ना धारणा/प्रतिक्रिया तत्काल पोष्ट गर्न सक्छन् र जसलाई दुनिया“ले हर्ेन सक्छन् । यस्ता सामाजिक सञ्जालमा सम्वन्धित विषयवस्तुका बारेमा बहस पनि गर्न सकिन्छ । यसैको प्रभावले हुन सक्छ, कान्तिपुर, नागरिकजस्ता दैनिक पत्रिकाले पाठकहरुको विचार -पाठक पत्र) लाई धेरै ठाउ“ दिन थालेका छन् ।
    सबै नागरिक पत्रकार बन्न सक्ने अवस्था भए पनि हामीले पहिलेदेखि बुझ्ने गरेको पत्रकारितालाई छुट्याउने आधार चाहिं छ । पत्रिका, रेडियो, टिभीमा रिपोर्टिङ गर्नेलाई व्यावसायिक पत्रकारिता भन्ने गरिन्छ । उनीहरु तालिम लिएर र पेशाको रुपमा पत्रकारिता गर्छन् तर फेसबुक, ट्वीटर, युट्युब, ब्लगलगायतबाट समाचार फैलाउने व्यक्तिले आम्दानी गर्ने उद्देश्य राखेको हु“दैन । त्यसैले व्यावसायिक र गैरव्यावसायिक भनेर एक-अर्कालाई छुट्याउने गरिन्छ । नागरिक पत्रकारिताका पक्षधरले पत्रिका, रेडियो, टिभीमा गरिने पत्रकारितालाई परम्परागत भन्ने गर्दछन् र नागरिक पत्रकारले प्रयोग गर्ने माध्यमलाई नया“ सञ्चार -न्यु मिडिया) भन्छन् । नागरिक पत्रकारितालाई र्सार्वजनिक -पव्लिक), सहभागितात्मक, प्रजातान्त्रिक, सडक पत्रकारिता भनेर समेत पुकार्ने गरिन्छ ।
    व्यावसायिक पत्रकारितासम्वन्धी तालिम नलिई आधुनिक प्रविधिको उपयोग गर्दै नागरिक पत्रकारिता गर्न सकिन्छ । कुनै घटना, तथ्य, जानकारी थाहा पाउनेवित्तिकै फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल तथा ब्लगहरुमा राख्न सकिन्छ । तस्वीरहरु पनि अपलोड गर्न सकिन्छ । यस्ता सामग्रीहरु साथीहरुमार्फ फैलंदै जान्छन् । मोबाइलको सहाराले भिडियो खिचेर युट्युवमा राख्न सकिन्छ । युट्युवमा भिडियो खोजी खोजी हर्ेर्नेको संख्या बढ्दो क्रममा छ । भर्खरै नेपाली टोलीका कप्तान सागर थापाले बंगलादेशविरुद्ध प्रिmकिकबाट गरेको गोलको भिडियो युट्युवमा १० लाखभन्दा बढीले हेरेका छन् ।
    अचेल विविसी, अलजजिराजस्ता टेलिभिजन च्यानलहरुले पनि युट्युवमा भएका भिडियोलाई प्रयोग गर्दै आएका छन् । व्यावसायिक रिपोर्टर कम छन्, जहा“तही पुग्न सक्दैनन् अर्थात उनीहरुको पहु्“च र्सवत्र हु“दैन । त्यसैले पनि सिटिजन रिपोर्टरको महत्व बढ्दो छ । सामाजिक सञ्जाल, ब्लग चलाउन छुट्टै पैसा तिर्नुपर्दैन ।
    पत्रकारको चिनारी बोकेर जान निषेध गरिएको ठाउ“बाट सूचना जानकारी बाहिर ल्याउने काम नागरिकले गर्न सक्छन्, उनीहरुले मोबाइलको सहाराले तस्वीर/भिडियो खिचेर ल्याउन सक्छन् र सामाजिक सञ्जालमार्फ र्सार्वजनिक गर्न सक्छन् । भर्खरै, लिवियाका पर्ूवशासक मोअम्मर गद्दाफी मारिएको भिडियो एक व्रि्रोही सैनिकले मोबाइलबाट खिचेका थिए र आमसञ्चारका माध्यमले त्यसलाई प्रयोग गरेे ।  भर्खरै किम जोङ इलको मृत्यु भएको खबर र्सार्वजनिक भइसकेपछि उत्तर कोरियाका कतिपय नागरिकले विविसी वर्ल्ड र्सर्भिसलाई इमेलमार्फ बस्तुस्थितिको जानकारी गराएका थिए । उत्तर कोरियामै गएर रिपोर्टिङ गर्ने अवस्था छैन । २००९ मा इरानमा भएको निर्वाचनका बेला विदेशी पत्रकारहरुलाई रिपोटिङ गर्न बन्देज लगाइएको थियो । त्यतिबेला व्यावसायिक पत्रकारले सूचना र जानकारी प्राप्त गर्न ट्वीटरको सहारा लिएका थिए ।  
    व्यावसायिक र गैरव्यावसायिक पत्रकार मिलेर पनि नागरिक पत्रकारिता गर्न सकिन्छ । यसको अभ्यासको रुपमा दक्षिण कोरियाको ओहमी न्युजलाई हर्ेन सकिन्छ । ओह योन होले २२ फेब्रुअरी २००० मा सुरु गरेको ओहमी न्युज लोकप्रिय छ र व्यावसायिक रुपमा पनि सफल छ । 'प्रत्येक नागरिक रिपोर्टर -एभ्री सिटिजन इज अ रिपोर्टर)' भन्ने मुल नारा राखेको ओहमी न्युजमा ४० भन्दा बढी परम्परागत रिपोर्टर र सम्पादकले २० प्रतिशत भागका लागिमात्र लेख्छन् र बा“की भाग पाठकहरुका लागि खुल्ला छ । यसमा सूचना संकलन र सम्प्रेषणमा योगदान पुर्‍याउने मानिस ५० हजारभन्दा बढी भएको अनुमान गरिन्छ । र, दक्षिण कोरियाको परम्परागत राजनीतिक वातावरणलाई परिवर्तन गराउने देन ओहमी न्युजकै हो भन्ने गरिन्छ ।
    अमेरिकामा सामान्य नागरिकले पत्रकारिताको भूमिका निर्वाह गर्न थालेको इतिहास दर्ुइ दशकभन्दा बढी छ । १९८८ को राष्टूपतिको निर्वाचनको समाचार कभरेजको विश्वसनियता बारेमा व्यावसायिक पत्रकारहरुले आफैमाथि प्रश्न गर्न थालेपछि आधुनिक नागरिक पत्रकारिताको सुरुवात भएको मानिन्छ । १९९९ मा विश्व व्यापार संगठनको बैठकको विरोध गर्न अभियन्ताहरुले इन्डी मिडिया -इन्डिपेन्डेन्ट मिडिया सेन्टर) चलाएका थिए जहा“ नागरिकले आफ्ना कुराहरु सम्प्रेषण गर्न सक्छ । विरोधस्वरुप सडक जाम गर्दा प्रहरीले पक्राउ गरेर लगेको करिव ६० सेकेण्डको समाचार मात्रै मिडियाले कभर गर्ने र पर््रदर्शन गर्नुको कारण पनि पनि नखुलाउने ठहर गर्दै उनीहरुले इन्डीमिडिया थालेका हुन् । यो आन्दोलन दर्ुइ सयभन्दा बढी सहरमा तत्काल फैलियो ।
    अनलाइन न्युज एसोसिएसन र कोलम्विया ग्राजुएट स्कुल अफ जर्नालिज्मबाट थिमपार्कइन्साइडर डट कमले २००१ मा पहिलोपटक पाठकहरुले लेखेको फिचरका लागि अनलाइन जर्नालिज्म अवार्ड हात पार्‍यो । २००४ मा भएको अमेरिकाको राष्टूपतीय निर्वाचनमा डेमोक्रेटिक र रिपव्लिकन पार्टर्ीी विज्ञप्ति नै जारी गरेर नागरिक ब्लगरहरुको प्रशंसा गरेका थिए । परम्परागत अर्थात व्यावसायिक पत्रकारको कामको अनुगमन र खवरदारी नागरिक व्लगरहरुले गरेको दुवै पार्टर्ीीे ठहर थियो ।
    मध्यपर्ूवमा एक वर्षअघिदेखि चलेको आन्दोलनले व्यापकता पाउनुमा नागरिक पत्रकारकै अहम भूमिका छ । ट्युनिसियाबाट सुरु भएको आन्दोलनले ट्युनिसिया, इजिप्ट र लिवियामा सत्ता परिवर्तन गराइदिएको छ भने सिरियालगायतका मुलुकमा आन्दोलन चल्दैछ । ब्लगर जियाद अली हानीले १३ जनवरी २०११ मा आफ्नो ब्लगमा ट्युनिसियाको आन्दोलनलाई जस्मिन रिभोलुसन नामकरण गरिदिएका हुन् । यही नाम अहिले चलेको छ । इजिप्टको आन्दोलनलाई कतिपयले फेसबुक, ट्वीटर रिभोलुसन पनि भन्ने गर्छन् । अमेरिकामा सुरु भएको 'अकुपाई वालस्टिूट -वालस्टिूट कब्जा गरौं)' अभियानलाई नागरिक पत्रकारिताले नै व्यापकता दिलाएको हो ।
    नेपालमा पनि नागरिक पत्रकारितामार्फ विभिन्न खालका सहयोगहरु जुटाएको समाचारहरु पत्रपत्रिकामा आइरहेका छन् । अमेरिकी राजदुत स्कट एच डेलिसीले युवा संघले आव्हान गरेको बन्द फिर्ता गराउन फेसबुकमार्फ गरेको आग्रहले चर्चा पायो । नागरिक पत्रकारले नेपालमा बेला-बेलामा विभिन्न अभियान चलाउने गरेका छन् । नागरिक प्रत्रकारितालाई नै पर््रवर्द्धन गर्न भनेर यहा“ पनि साइट खुलेका छन् ।  
    नागरिक पत्रकारले उपलव्ध गराउने कतिपय सूचनाको विश्वसनीयतामा शंका गर्ने ठाउ“हरु पनि हुन्छन् । स्रोतहरु नखुलाइएका हुन सक्छन् । के कस्ता कतिसम्म सूचना र्सार्वजनिक गर्ने भन्ने सीमा हु“दैन । त्यसैले नागरिक पत्रकारले  पत्रकारिताको मूल्य मान्यता बुझ्न सक्दैनन् भनेर व्यावसायिक पत्रकारहरु ठोकुवा गर्छन् । कुनै महत्वपर्ूण्ा घटना भएका बेला नागरिकले अनेकथरी सूचनाहरु सम्प्रेषण गरेका बेला भ्रम पनि सिर्जना हुन सक्छ । यस्तो बेला व्यावसायिक पत्रकारले छानवीन तथा पुष्टि गर्दछन् ।
    टम ग्रुविसिकले २००५ मा नागरिक पत्रकारिताका १० वटा साइटको समीक्षा गर्दै गुणस्तरीयताको अभाव रहेको निश्कर्षनिकालेका थिए । एडवार्ड ग्रिनवर्गले पनि व्यावसायिकको तुलनामा गैरव्यावसायिक पत्रकारहरु बढी जोखिममा रहेको बताएका छन् । त्यसैले कतिपयले नागरिक पत्रकारको सट्टा 'नागरिकको समाचार भेला पार्ने' संज्ञा पनि दिएका छन् ।
    तर, जे भएपनि, व्यावसायिक/परम्परागत पत्रकारका लागि नागरिक पत्रकारिता चुनौतिको रुपमा खडा भएको छ । नागरिक पत्रकारले द्रुत गतिमा सूचना फैलाउन सक्छन् । व्यावसायिक पत्रकारले पनि तिनीहरुलाई पछ्याउनुपर्ने अवस्था देखा परेको छ ।
    मूलधारका मिडियाले समेट्न नसकेका -अप्ठेरो भएको) विषयवस्तु अब नागरिक पत्रकारितामार्फ उजागर गर्न सकिन्छ । त्यसैले मिडियाले हामीलाई सहयोग गरेन, मिडियामा हाम्रो आवाज आएन, मिडियामा हाम्रो  पहु“च छैन जस्ता कुरा गर्नु हिजोआज लज्जाजनक हुन थालेका छन् । आफैले इन्टरनेट प्रयोग गरेर ठूला-ठूला उथलपुथल ल्याइदिन सक्ने रहेछौं ।  बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खर्ुपाको बींड भनेजस्तै त रहेछ नि हामीले दिनहु“ चलाउने फेसबुक र ट्वीटर, होइन त - (इलाम पोष्ट दैनिकमा २०६८ पुस १७ गते र ब्लाष्ट दैनिकमा १९ पुषमा प्रकाशित)



No comments:

Post a Comment