Thursday, March 29, 2012

प्यारो नाम, राम्रो नाम

     तपाईलाई आफ्नो नाम कस्तो लाग्छ ? प्यारो लाग्छ, यसमा शंकै छैन । राम्रो नि ? यसमा चाहिं सोच्नुपर्ला, होइन त ? तपाईमध्ये कतिपयलाई मेरो नाम यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो भन्ने पनि लाग्दो हो । ज्योतिषि, बाबु-आमा वा अन्यले राखिदिएको नाम मन नपरेर आफै फेर्नुभएको पनि होला । सबैलाई आफ्नो नाम मन पर्दैन भन्ने चाहिं होइन ।
    नाम आफ्नो पहिचान हो । जीवनकालभर झुण्डिरहन्छ, मरेपछि पनि नामको अस्तित्व रहन्छ । बरु, समयावधि धेरथोर होला । पृथ्वीनारायण शाह, भीमसेन थापा, भानुभक्त आचार्य, फाल्गुनन्द लिङ्देनलगायतका व्यक्तिहरु उहिल्यै बिते तर नाम उच्चारण भइराखेको छ । अरु लाखौंका शरीरसँगै नाम पनि बिलायो । शरीरसँगै नाम अन्त्य नहोस्, दुनियाँले चिनुन् भनेर रचनात्मक काम गर्नेहरु थुप्रै हुन्छन् । नराम्रो कामले चर्चामा आउने पनि छन् ।
    नाम राख्ने कुरामा जातीय, धार्मिक पृष्ठभूमिले धेरै प्रभाव पार्छ । हिन्दु धर्मको प्रभाव बढी छ हाम्रो समाजमा । ज्योतिषीले जन्मेको दिनको आधारमा राशी, नक्षत्र मिलाउन आफै नाम राखिदिन्छन्  वा सुरुको अक्षर जुराइदिएर अरु थप्ने जिम्मा परिवारलाई सुम्पिदिन्छन् ।
    कतिपयले जन्मेको बारका आधारमा पनि नाम राखिदिन्छन् । जस्तो, सोमबार जन्मिए सोम बहादुर/माया । धेरै सन्तान नबाँच्दा नराम्रो नाम राखिदिए दर्ीघायु हुन्छ भन्ने विश्वास पनि कतिपय समुदायमा छ । नाम जे सुकै भएपनि क्रमअनुसार जेठा/कान्छा, जेठी/कान्छी भन्ने पनि गरिन्थ्यो । अहिले पनि गाउँघरमा कैयौंलाई यसरी नै पुकारिन्छ । त्यसो हुँदा कतिपयको त खास नाम पनि थाहा पाइदैंन । तर, नयाँ पुस्ता नामबाटै बढी चिनिन थालेको छ ।
    उल्लिखितबाहेक अरुबाट प्रभावित भएर नाम राख्ने पनि चलन हुन्छ । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको नाम उनका बुबाले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबाट प्रभावित भएर राखिदिएका रहेछन् । प्रशिद्धि कमाएका कलाकार, साहित्यकार, नेतासँग हुबहु मिल्दोजुल्दो नाम पनि राख्छन् । कतिपय त संयोगमात्र पनि हुनसक्छ । भानुभक्त आचार्य, माधव घिमिरे, भुवन केसी,  शीव श्रेष्ठ थुप्रै छन् नेपालमा ।
    नाम राख्ने, फर्ेर्ने क्रम चल्दा एउटैको दर्ुइ वा सोभन्दा बढी नाम पनि हुन्छ । आफ्नो नाम मन नपरेर वा अरुसँग मिल्दोजुल्दो भएर थुपै्रले नाम फेरेका छन् । त्यसैले कतिपयको बोलाउने नाम एउटा र डकुमेन्टमा अर्कै हुन्छ ।
    नाम मिल्दोजुल्दो हुँदा धेरै पटक झुक्किनु पर्छ । अरु त झुक्किन्छन्, आफै पनि कहिलेकाहीं झुक्याइमा परिन्छ । आफ्नो नाम सुन्दा झस्किएर फर्कियो, अर्कैलाई बोलाएका हुन्छन् । कतिपयले त उस्तै नाम भएका नजिकै देखे भने जानी-जानी झुक्याइदिन्छन् । कहिलेकाहीं त नाम, थर पूरै मिल्छ । मेरै नाम, थर भएका अर्का पनि रहेछन् । तीन वर्षघि, बाँझोका 'रोशन साँवा' चोरीको आरोपमा पक्राउ परेछन् । त्यो समाचार राष्ट्रिय समाचार समितिको बुलेटिनमा छापिएछ । म त्यतिबेला काम गर्ने अन्नपर्ूण्ा पोष्टलाई कतै आफ्नै रिपोर्टर त होइन भन्ने शंका उब्जिएछ । फोन पनि गरेछन् तर म काठमाडौं जाने क्रममा गाडीमा हुनाले फोन लागेनछ । भोलिपल्ट कार्यालयमा कुरा चल्दा पो म छक्क परेँ । गुगलमा नाम टाइप गरेर खोज्यो भने त्यो समाचार अझै पनि भेटिन्छ ।
    धेरैसँग नाम मिल्दा अर्को पनि समस्या छ । फोनमार्फ कसैलाई परिचय दिंदा नाम, थर पूरै भन्नुपर्छ । नौलो मान्छेले त थर पनि राम्ररी बुझ्दैन र दोहोर्‍याई-तेहेर्‍याई भन्नर्ुपर्छ । यस्तोबेला कसैसँग नमिल्ने नाम राख्नुपर्ने रहेछ भन्ने लाग्छ । अरुसँग नमिल्ने नाम छ भने परिचय दिंदा नाममात्र बताए अर्कोले चिनिहाल्छ । गीत, फिल्म, कथाका पात्रसँग नाम मिल्यो भने पनि कतिपयले मौका पर्नासाथ जिस्क्याइदिन्छन् । 'गर्नु गर्‍यौ बलराम भैंसी पालेर' गीत गाउँदै धेरैले बलरामहरुलाई पक्कै जिस्क्याए होलान् । 
    केहीले फुर्को जोडेर आफूलाई अलग पारेका छन् । धरावासी, रसिक, निष्ठुरी यसका उदाहरणहरु हुन् । पहिलो र दोश्रो नामलाई छोट्याएर ताना, केबी, केपी, सिपी पनि बनाएका छन् । फुर्को जोड्ने र छोट्याउने कारण अरु पनि हुन सक्छ । नाम छोट्याउन नाम पनि सुहाउने हुनर्ुपर्ने रहेछ ।
    नामलाई 'एकर' सँग जोगाउन गाह्रो पर्छ । दर्ुइ अक्षरको नाम हुने बढी मर्कामा पर्दा हुन् । ठूला मान्छेले रिस उठेको बेला नाममा एकर जोडिदिन्छन् । तर, माया गरेको बेला दर्ुइ अक्षरका नाममा 'उकर' जोड्न पनि सजिलो छ । एकर जोड्ने मानवीय स्वभाव नै हो कि ! आमने-सामने एकर जोडेनन् भने पनि अनुपस्थितिमा एकर जोडिदिने थुप्रै हुन्छन् । अझ कोहीको त ठूलो पल्टिन खोज्ने स्वभाव हुन्छ । जमात वा भीड भएको ठाउँमा अरुलाई देखाउन/सुनाउन पनि एकर जोडेर बोलाइदिन्छन् ।
    तीन वटा अक्षरको नाममा पनि एकर जोडिन्छ । चार वा त्योभन्दा बढी अक्षर हुँदा चाहिं एकर जोड्न अलि गाह्रो हुने रहेछ । तर, कतिपयले तर अक्षर छोट्याएरै एकर जोडिदिन्छन् । नामको अन्त्यमा इ/उ/य अक्षर हुँदा एकर जोड्न अलि गाह्रो होला ।
    नाममा आधा अक्षर हुँदा अरुले राम्ररी उच्चारण गरिदिंदैनन् । लेख्ने बेलामा बिगारिदिन्छन् । नाम राख्ने बेलामा यस्तो कुरामा ख्याल गर्नुपर्ने रहेछ । नाम अरुले सजिलोसँग उच्चारण गर्ने खालको हुनुपर्ने रहेछ । कहिलेकाहीं एउटा भाषामा राम्रो होला भनेर नाम राख्यो अर्को भाषामा अश्लील अर्थ्याउने पनि हुनसक्छ । यस्ता नामधारीले कुनै न कुनै बेला अप्ठेरो महशुस गर्नुपरेको होला ।
    कहिलेकाहीं वर्ण्ाानुक्रममा लाइनमा बस्नर्ुपर्छ । नामको सुरु अक्षर वर्ण्ाानुक्रममा अन्तिमतिरको भए कर्ुदा-कर्ुदा हैरानी हुन्छ । अगाडि हुनेको काम सिद्धिइसक्छ, आफू चाहिं पालो कहिले आउला भन्दै बस्नर्ुपर्छ । सबभन्दा सुरुको अक्षरबाट नाम राख्दा परीक्षामा प्रभाव पर्छ । आफू सबभन्दा अगाडि बस्नर्ुपर्छ । पछाडि फर्केर खासखुस गर्दा निरीक्षकको आँखा परिहाल्ने । चिटै र्सार्न पनि गाह्रो ।
    आफ्नो नाम कति प्यारो लाग्छ भन्ने त तपाई-हामी सबैलाई थाहै छ । कुनै कार्यक्रममा आफू बोलिएको छ भने त्यसपछिको समाचार आउँदा सबभन्दा पहिले आफ्नो नाम छ कि छैन भनेर हेर्र्छौं । नाम छ भने त्यसपछि बाँकी पढ्छौं र अरुलाई पनि पढ्न लगाउँछौं । छैन भने किन आएन भनेर नकारात्मक ढंगले कारण केलाउनतिर लाग्छौं । कुनै कार्यक्रम वा भीडमा आफ्नो नाम उच्चारण भयो भने गमक्क पर्र्छौं । उल्लेखनीय काम गरिएको छ तर नाम उच्चारण भएन भने खिस्रिक्क परिहाल्छौं । आफ्नो बारेमा समाचार वा लेख छ भने के-के गर्र्छौं, तपाई-हामीसँग अनुभव छदंैछ । आफ्नो नाम प्रकाशन/प्रसारण होस् भनेर अनेक चुक्ली लगाउने पनि कहिलेकाहीं भेटिन्छ । 
    हाम्रै गाउँघरमा चलेको बाँस, स्कुल/पाटीको भित्ता कोर्ने चलनको ध्येय पनि आफ्नो नाम अरुले थाहा पाऊन् भन्ने नै हो । मान्छेले नामलाई चर्चामा ल्याउन अनेक क्रियाकलाप गर्छन् ।    स्वभाविक काम गरेर चर्चामा आउने धेरै छन् । तीबाहेक चर्चामै आउनका लागि पनि थुप्रैले अस्वभाविक काम गर्छन् । गिनिज बुकमा नाम लेखाउने होडबाजीमा अनेक क्रियाकलाप गर्नेहरु देख्दा/सुन्दा छक्कै परिन्छ । रेकर्ड राख्नैका लागि धेरैबेर पढ्ने, बढी समय हात मिलाउने, अंगालो मार्ने, चुम्बन गर्ने, यौनजन्य कार्य गर्नेजस्ता क्रियाकलाप संसारभर भइरहेका हुन्छन् ।
    १० महिनाअघि गिनिज बुकमा नाम लेखाउने लहडमा अर्ढाई वर्षो बालकलाई पोखरामा प्याराग्लाइडिङ गराउँदा कम्पनी र अभिभावकसँग नेपाल नागरिक उड्डयन कार्यालयले स्पष्टीकरण नै माग्यो । त्यस्तै पाँच महिनाअघि चितवनकी बालकुमारी अधिकारीले पनि चर्चामा आउने लहडमै राजेश हमालकी श्रीमती भएको दाबी गरेकी थिइन् कि ! पैसा भेटेर फिर्ता दिएको नाटक गर्ने अनुजा बानियाँजस्तो चाहिं नगर्नु होला है । समाचारमै पढेको हो, अनुजाको बिहे गराउन ज्वाई नभेटेर अभिभावक अहिले हैरान छन् रे ।
(इलाम पोष्ट दैनिकमा २०६८ चैत १६ गते प्रकाशित)
       
   
   
   
       

Sunday, March 25, 2012

चेतनको चमक

२०६५ फागुनको पहिलो साता, दिन ठ्याक्क संझन सकिनँ, 'चेतन भगत' भन्ने नाममा पहिलोपटक मेरो आँखा परेको हो । म त्यतिबेला काठमाडौंमा थिएँ । अन्नपूणा पोष्ट दैनिकमा चेतन भगतको बारेमा फोटोसहितको समाचार छापिएको थियो । फुसदिलो थिएँ । पूरै पढेँ ।
    सन् २००४ मा 'फाइभ पोइन्ट समवान' बजारमा आएपछि चर्चाको शिखरमा पुगेका रहेछन् चेतन । त्यो समाचार लेखिंदासम्म उनका 'वान नाइट एट कल सेन्टर' र 'द ३ मिस्टेक्स अफ माइ लाइफ' पनि बजारमा आइसकेको रहेछ र अंग्रेजी भाषाका तीन वटै पुस्तक भारतमा अत्यधिक बिक्री भएका रहेछन् ।
    त्यही साँझ घुम्न निस्कँदा न्युरोड गेट अगाडि सडक पेटीमा चेतन भगतको द ३ मिस्टेक्स अफ माइ लाइफ भन्ने उपन्यास किनेँ । यो सस्तो रहेछ । भारु ९५ रुपैयाँमात्र ।
    द ३ मिस्टेक्स अफ माइ लाइफ चेतनको तेश्रो पुस्तक हो । यसबाटै प्रभावित भएर उनका सबै पाँच पुस्तक पढेको छु । ती सबै उपन्यास हुन् । तेश्रो उपन्यास नपढेको भए अरु सायदै पढ्थेँ हुँला । इलाममा उनको पुस्तक आइपुग्दैन तर काठमाडौं गएको बेला ल्याएर उनको पुस्तक पढेको हुँ ।
---------------------------------------------
    द ३ मिस्टेक्स अफ माइ लाइफ मन पर्नुको एउटा कारण प्रस्तुति शैली हो । वास्तविक हो जस्तो पारेर प्रस्तुत गरिएको छ विषयवस्तु । लेखक आफै पात्र भएर कथालाई संयोगान्तमा टुङ्ग्याइदिएका छन् । अर्को महत्वपर्ूण्ा कुरा, यसले सामान्य लगानीमा व्यापार गर्ने तरीका सिकाउँछ । भारतमा सबभन्दा बढी रुचाइने क्रिकेट खेल्ने आधारभूत सीप पनि यस पुस्तकमा छ । मेडिकल प्रवेश परीक्षाका लागि उपयुक्त पुस्तकको विवरण, गणितलाई व्यावहारिक क्रियाकलापसँग दाँज्दै बुझ्न सजिलो बनाउने उपाय पनि यो पुस्तकमा पढ्न पाइन्छ ।
    आमाले इन्जिनियरिङको प्रवेश परीक्षा दोहोर्‍याउन जोड गरिरहेका गोविन्द, सेनाबाट भागेका इश र पुजारीको छोरा ओमीको कथा हो द ३ मिस्टेक्स अफ माइ लाइफ । भारत र दक्षिण अप्रिmकाबीचको क्रिकेट खेलमा सचिन तेन्दुलकर आउट भएको टिभीमा देखेर यी तीन युवाले दिएको प्रतिक्रियाबाट कथा सुरु हुन्छ । गणितमा अब्बल गोविन्द ट्युशन पढाएर पैसा बटुल्न थालेपछि व्यापारमा आकषिर्त हुन्छन् र अरु दर्ुइ साथीलाई पार्टनर बनाउँछन् । यी युवाले कसरी व्यवसाय थाल्छन्, पर््रवर्द्धन गर्छन् र पैसा कमाउँछन् भन्ने कुरा मिहिन ढंगले लेखकले प्रस्तुत गरेका छन् ।
    गोविन्दले महशुस गरेका तीन वटा गल्तीबाट पुस्तकको शर्ीष्ाक बनाइएको छ । उसले नवरङ्गपुरमा खुल्न लागेको सपिङ मलका लागि एक लाख १० हजार रुपैयाँ पेश्की दिनु, आफ्नै साथीको बहिनीसँग यौनसम्वन्ध कायम गर्नु, एक सेकेण्ड ढिलो हुँदा क्रिकेटमा राम्रो सम्भावना भएका अलिको कुहिनामा चोट लाग्नुलाई ठूला गल्तीहरु मानेको छ । सन् २००८ मा बजारमा आएको यो पुस्तकको अहिलेसम्म एक सय पाँच संस्करण निस्किसकेको छ ।
    ८ अक्टोबर २०११ देखि बजारमा आएको 'रिभोलुसन २०२०' बनारसका तीन युवा गोपाल, राघव र आरतीको कथा हो । यसमा इन्जिनियरिङको प्रवेश परीक्षामा असफल गोपाल त्यस्तै कलेज खोलेर निर्देशक बनेको प्रसङ्ग छ । उसले राजनीतिक शक्तिको दुरुपयोग गरेर कलेज खोलेको कथा भएपनि बनारसमा कलेज खोल्न आवश्यक प्रावधान, प्रक्रिया, सञ्चालन गर्ने तरिकाहरु पाठकले जान्दछन् । राघव पत्रकारितामार्फ समाजमा परिवर्तन ल्याउन खोज्छन् ।
    चेतनका पुस्तकहरु सरल भाषा शैलीमा लेखिएका हुन्छन् । युवाका कथा समेटिएका छन् । उनीहरुलाई प्रेरित गर्ने विषयवस्तु पस्किएको हुन्छ । मरमसला पनि प्रयोग गर्छन् । उनका पुस्तक र लेखमा केही न केही सिक्ने कुराहरु हुन्छन् । वास्तविकजस्तै लाग्ने शुरुवात र टुङ्ग्याउनी हुन्छ । जस्तो, उनले २४ जुलाई २००८ मा पुनेका एमबीए विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा भाषण गरेका थिए । युवालाई प्रेरित गर्ने उनको भाषणलाई विभिन्न पत्रिकाले 'स्पार्क' -झिल्को) शर्ीष्ाकमा छापेका थिए । त्यही भाषणपछिको प्रसङ्गबाट पछिल्लो उपन्यास 'द रिभोलुसन २०२०' को कथा सुरु भएको छ ।
    सबै पुस्तक आत्मपरक छन् । उपन्यास भएपनि उनी प्रायः ठाउँ, संस्था र केही व्यक्तिको वास्तविक नाम प्रयोग गर्छन् । मेकानिकल इन्जिनियरिङमा स्नातक र त्यसपछि एमबीए पढेका चेतनका उपन्यासहरु इन्जिनियरिङ, बैंक र व्यापारकै सेरोफेरोमा बुनिएका छन् । त्यसो त विल्कुल अनुभव नगरेको कल सेन्टरको बारेमा उनले 'वान नाइट एट कल सेन्टर' लेखेका छन् ।
    उनका पुस्तकहरु सस्ता छन् । अघिल्ला चार वटाको मूल्य भारु ९५ रुपैयाँमात्र छ । पछिल्लो रिभोलुसन २०२० को मूल्य अलि बढी भारु एक सय ४० रुपैयाँ छ र यो अरुभन्दा केही मोटो पनि छ । सबै रुपा पव्लिकेसन्स इन्डिया प्रालिले प्रकाशन गरेका हुन् ।
    चौथो पुस्तक '२ स्टेट' -२००९)लाई लेखकले आफ्नै परिवार र अनुभवमा आधारित भनेका छन् । यो उपन्यास दिल्लीमा जन्मे-हर्ुर्केको पञ्जावी क्रिस र चेर्न्नईकी तमिल बाहृमण अनन्याको कथा हो । विवाहका लागि एकले अर्काको परिवारलाई मनाउन गरेको संर्घष्ा बुनिएको छ यसमा । दुवै पात्र अहमदावादस्थित इण्डियन इन्स्िटच्युट अफ म्यानेजमेण्ट -आइआइएम)का सहपाठी हुन् र अनन्याले जुम्ल्याहा छोरा जन्माएको प्रसङ्गसँगै उपन्यास टुंगिन्छ । जुन चेतनसँग मिल्दोजुल्दो छ ।
    चेतनको पहिलो उपन्यास 'फाइभ पोइन्ट समवान' -२००४) इन्डियन इन्स्िटच्युट अफ टेक्नोलोजी -आइआइटी) मा पूर्ण्ााङ्क १० मा औसत पाँच अंकको हाराहारी परिणाम ल्याउने आलोक, रायन र हरिको कथा हो । कम औसत अंकका बावजुद उनीहरुले गरेका संर्घष्ाहरु यस उपन्यासमा पाइन्छ ।
    २ स्टेट्स त फाइभ पोइन्ट समवानकै सिक्वेल जस्तो छ । फाइभ पोइन्ट समवानका पात्रहरु आइआइटीमा मेकानिकल इन्जिनियरिङ पढ्ने तीन विद्यार्थी हुन् । यस उपन्यासका पात्र हरिको विभागीय प्रमुख प्राफेसर चेरियनकी छोरी नेहासँग प्रेमसम्वन्ध कायम हुन्छ । २ स्टेटमा क्रिसले आइआइएमका सहपाठी अनन्यालाई आइआइटी पढ्दा प्रोफेसरकी छोरीसँग प्रेम सम्वन्ध भएको प्रसङ्ग सुनाउँछन् । प्रोफेसर अमेरिका गएपछि उसकी छोरीको अर्कै केटासँग विवाह हुन्छ । आफ्नै परिवार र अनुभवमा आधारित भएर २ स्टेट्स लेखेको भन्ने लेखक पनि आइआइएम अघि आइआइटीमा मेकानिकल इन्जिनियरिङका विद्यार्थी थिए ।  
    'वान नाइट एट कल सेन्टर' -२००५) कल सेन्टरमा काम गर्ने छ पात्रमा आधारित छ । वास्तविक जस्तो बनाउन लेखकले यसलाई सन् २००४ को हिउँदे रातमा रेल यात्रा गरिरहेको बेला भेटिएकी केटीले किताव लेख्ने र्सतमा सुनाएको कथा भनेर प्रारम्भिकमा लेखेका छन् ।
---------------------------------------------------------------
    चेतन २२ अप्रिल १९७४ मा नयाँ दिल्लीको मध्यमवर्गीय पञ्जावी परिवारमा जन्मिएका हुन् । उनले सन् १९७८ देखि १९९१ सम्म आर्मी पव्लिक स्कुलमा पढे । त्यसपछि तीन वर्षआइआइटीमा मेकानिकल इन्जिनियरिङ पढे । उनले १९९७ मा आइआइएम अहमदावादबाट एमबीए गरे । उनले हङकङस्थित अमेरिकी इन्भेस्टमेन्ट व्याङ्कमा करिव ११ वर्षजागिरे जीवन विताए । लेख्ने धोकोलाई अघि बढाउन हङकङ छाडेर मुर्म्बई आएका चेतन २००९ देखि पर्ूण्ाकालीन लेखक भएका छन् ।
    सन् २००४ देखि बजारमा आउन थालेका उनका पुस्तकहरु ४० लाखभन्दा बढी बिक्री भइसकेका छन् । पहिलो पुस्तक फाइभ पोइन्ट समवान भारतमा सबभन्दा बढी एक सय ९० सातासम्म 'बेस्ट सेलर' को सूचीमा थियो । मैले एक वर्षघि यो पुस्तक किन्दा एक सय ६८ संस्करण पुगेको थियो ।
    फास्ट कम्पनी डट कमले २०११ मा व्यावसायिक क्षेत्रका सबभन्दा बढी सिर्जनशील विश्वका सय जनामध्ये चेतनलाई ४७औं नम्बरमा राखेको छ । टाइम म्यागाजिनले सन् २०१० मा अरुलाई प्रभावित बनाउने विश्वका सय व्यक्तिको सूचीभित्र चेतनलाई अटाएको थियो ।
    फाइभ पोइन्ट समवानमा आधारित फिल्म 'थ्री इडियट्स' पनि बजारमा आएको छ । वन नाइट एट कल सेन्टरमा आधारित भएर 'हेलो' फिल्म बनेको छ । पछिल्लो रिभोलुसन २०२० लाई फिल्मको रुप दिन युटिभी मोसन पिर्क्चर्सले भर्खरै लेखकबाट अनुमति पाएको छ ।
    चेतन विभिन्न पत्रपत्रिकामा हिन्दी र अंग्रेजी भाषामा सकारात्मक सोच र काममा प्रेरित गर्ने स्तम्भ लेख्छन् र बेला-बेलामा प्रवचन दिन्छन् । उनका विचारहरु ब्लगमा पनि पढ्न पाइन्छ ।