Wednesday, October 19, 2011

सामाजिक सञ्जालको तागत

युवा जमातको एउटा अभियान अहिले थुप्रै देशका सत्ताधारीका लागि टाउको दुखाई बनेको छ । 'वालस्टि्ट कब्जा गरौं' भन्ने नाराका साथ अमेरिकाको न्युयोर्कबाट सुरु भएको अभियानले विश्वव्यापी रुप लिंदैछ । कर्पोरेट क्षेत्रमा मच्चिरहेको लुटको विरोधमा न्युर्योकमा यो अभियान सुरु भएको थियो । अमेरिकाको वित्तीय केन्द्र न्युयोर्कको पनि वित्तीय केन्द्र हो वालस्टि्ट । १५ अक्टोबरमा विश्वव्यापी आव्हान भएपछि तीन दर्जनभन्दा बढी मुलुकमा 'व्यापारिक केन्द्र कब्जा गरौं' भनेर प्रदर्शन भइरहेको छ । एसियाली मुलुकहरुमा समेत यसको र्समर्थनमा प्रदर्शन भएका छन् ।
    नामै नचलेको क्यानेडाली समूह एडबर्स्र्टसले इमेल र सामाजिक सञ्जालमार्फ आव्हान गरेकै कारण १७ सेप्टेम्बरमा 'अकुपाई वालस्टि्ट' अभियान सुरु भएको थियो । सुरक्षाकर्मीको तैनाथीका कारण वालस्टि्रट कब्जा नै नगरेपनि पर्दर्शनकारीले आसपास क्षेत्र चौवीसै घण्टा छाडेका छैनन् । यो अभियान कुन मोडमा गएर टुङ्गन्छ भन्ने अनुमान गर्न नसकिएपनि फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालले पार्ने प्रभावको ज्वलन्त नमुना बनेको छ ।
    सामाजिक सञ्जालले अहिलेसम्म सबभन्दा बढी प्रभाव मध्यपूर्वी मुलुकहरुमा पारेको छ । सामाजिक सञ्जालहरुमार्फ नै मध्यपूर्वी मुलुकमा सुरु भएका आन्दोलनहरुले वर्षौं पुरानो सत्ताहरु ढालिरहेका छन् । केही मुलुकहरुमा सत्ता परिवर्तनका लागि आन्दोलन चल्न थालेको एक वर्षहुनै लागेको छ । मध्यपूवमा सबभन्दा पहिले ट्युनिसियाबाट आन्दोलन सुरु भएको थियो । जस्मिन रिभोलुसन (चमेली क्रान्ति) नाम दिइएको आन्दोलनले करिव एक वर्षघि पुरानो सत्ता परिवर्तन गरिदियो । यो सफलतापछि लामो समयसम्म शान्त देखिएको मध्यपूर्वी मुलुकहरु आन्दोलनमय बनेका छन् । इजिप्ट र लिवियामा सत्ता परिवर्तन भएको छ यद्यपि ती देशमा अझै अस्थीरता जारी छ । लिवियामा मोअम्मर गद्दाफीको चार दशक पुरानो शासन भर्खरै अन्त्य भएको छ ।
    सामाजिक सञ्जालको प्रयोग गर्नेको संख्या नबढेको भए ती देशहरुमा एकतन्त्रीय शासनले निरन्तरता पाइरहेको हुन्थ्यो । मध्यपूर्वी मुलुकका शासक एवं अन्य मुलुकले पनि ती मुलुकमा यतिछिट्टै आन्दोलनको आगो सल्केला भनेर अनुमान गरेका थिएनन् । सिरिया, यमन, वहराइन, साउदी अरेवियामा आन्दोलन जारी छ । यमनमा राष्ट्रपति अलि अव्दुल्लाह सालेहले अर्को पदावधीका लागि भएको निर्वाचनमा पराजित भएपनि सत्ता नछाडेपछि आन्दोलन सुरु भएको थियो ।
    मध्यपूर्वी  मुलुकमा भएको आन्दोलनले एसियाली कम्युनिष्ट मुलुक चीनलाई समेत प्रभाव पार्‍यो । चीनमा हरेक आइतबार डिपार्टमेन्टल स्टोर र र्सार्वजनिक स्थानमा भेला हुने 'जस्मिन रिभोलुसन' चलेको थियो । कार्यालयमा हुने भ्रष्टाचारको विरोध र सुधारको माग गर्दै चिनियाँहरु प्रतीकात्मक रुपमा चुपचाप भेला हुन्थे । उनीहरुले ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फ भेला हुन आव्हान गरेका थिए । चुपचाप भेला भएपनि प्रहरीले धरपकड गथ्र्यो । सरकारले सबै सामाजिक सञ्जाल र च्याटरुपमा 'जस्मिन' शव्दलाई नै ब्लक गरिदियो । तर यसले सरकारलाई नै अप्ठेरोमा पारेको थियो किनभने त्यहाँका योइनिलको चर्चित लोकगीतको नाम पनि जस्मिन थियो ।
    जस्मिन अर्थात चमेली ट्युनिसियाको राष्ट्रिय फूल हो । ट्युनिसियाको आन्दोलनलाई इसाफा पत्रिकामा काम गर्ने पत्रकार एवं ब्लगर जियाद अली हानीले १३ जनवरीमा आफ्नो ब्लगमा जस्मिन रिभोलुसन नामकरण गरिदिएका थिए । यो आन्दोलन राष्ट्रपति वेन अलीको विरुद्धमा थियो । जस्मिन रिभोलुसनको सफलतापछि अन्य मुलुकका युवाहरु पनि सडकमा ओर्लन थालेका हुन् ।
    आन्दोलनलाई फूल र रंग नामकरण गर्ने अभियानले २००३ देखि व्यापकता पाएको हो । नत्र त्यसअघि 'अमेरिकन रिभोलुसन', 'प|न्च रिभोलुसन', 'रसियन रिभोलुसन' जस्ता मुलुकका नामका आधारमा उच्चारण गरिन्थ्यो । जर्जियामा राष्ट्रपति एर्डवर्ड सेभारड्नाजको विरोधमा २००३ मा भएको आन्दोलनलाई 'रोज रिभोलुसन' नामकरण गरिएको थियो । आन्दोलन सुरु हुँदा यसलाई अर्कै नामले चिनिन्थ्यो । सातादिनपछि नाम परिवर्तन गरिएको रोज रिभोलुसनले सफलता पाएपछि २००४ को युक्रेनको आन्दोलनलाई 'अरेञ्ज' नाम दिइएको थियो । यसैगरी कीर्गिस्तानकोलाई 'टुलिप', इरानकोलाई 'ग्रीन' र कुवेतको २००५ मा आन्दोलनलाई 'ब्लु रिभोलुसन' नाम दिइएको थियो ।
    सामाजिक सञ्जालहरुमध्ये सबभन्दा बढी फेसबुकको प्रयोग हुन्छ । १९८४ मे १४ मा जन्मिएका अमेरिकी युवा मार्क जुकर्रवर्गले २००४ मा साथीसँग मिलेर फेसबुक बनाएका हुन् । यही फेसबुककै कारण उनी २०११ मा सबभन्दा कलिलो उमेरका अर्बपति घोषित भएका थिए । ट्वीटरले पनि फेसबुकलाई पछ्याउँदैछ, यसको प्रयोगकर्ता विश्वमा २० लाखभन्दा बढी छन् । ज्याक र्डर्सी सन् २००६ मा यो सञ्जाल तयार गरेका हुन् । फेसबुकको लोकप्रियताका कारण गुगलले पनि गुगल प्लस सामाजिक सञ्जाल प्रयोगमा ल्याएको छ । यसअघि गुगलले 'बज' सञ्चालन गरेको थियो तर प्रभावकारी भएन ।
    महिला विश्वकप फुटबल २०११ मा जापानले फाइनलमा अमेरिकालाई र्टाई ब्रेकरमा हराउँदा सबभन्दा बढी ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेको अभिलेख छ । त्यतिबेला प्रतिसेकेण्ड सात हजार एक सय ९६ जनाले ट्वीट गरेका थिए । कोपा अमेरिकामा ब्राजिलले पाराग्वेसँग हार्दा प्रतिसेकेण्ड सात हजार एक सय ६६ जनाले, नयाँ वर्ष२०११ मा प्रतिसेकेण्ड छ हजार नौ सय ३९ जनाले, जापानमा सुनामी र भूकम्प गएपछि पाँच हजार पाँच सय ३० जनाले, लादेन मारिएपछि पाँच हजारले र वेलायतको शाही विवाहमा तीन हजार नौ सय ६६ जनाले ट्वीट गरेका थिए ।
    विभिन्न देशमा थुप्रै इन्टरनेट सामाजिक सञ्जालहरु बनेका छन् । नेपाली युवाहरुले पनि यस्ता सञ्जाल बनाउन थालेका छन् । सोसल बेकर्सका अनुसार नेपालमा फेसबुकको प्रयोगकर्ता नौ लाख २५ हजारभन्दा बढी छन् । इन्टरनेटमा पहुँच वृद्धिसँगै सामाजिक सञ्जाल प्रयोग गर्ने नेपालीको संख्या बढेको हो । १८ देखि २४ वर्षा युवा सबभन्दा बढी फेसबुकमा झुम्मिने गर्दछन् ।
     फेसबुकले सन्देश आदानप्रदान गर्न, साथी-आफन्तको बारेमा जानकार तथा निकट रहन सहयोग गर्छ । फेसबुकमार्फ फोटो राख्न र सूचना आदान-प्रदान पनि गर्न सकिन्छ । स्टाटसमा उल्लेख हुने कुराले व्यक्तित्वको समेत परिचय दिइरहेको हुन्छ । स्टाटसमार्फ साथीहरुको प्रतिक्रिया बुझ्न पनि सकिन्छ । कतिपयले पुस्तकलगायतका सामानहरु किन्नका लागि फेसबुकमार्फ नै सरसल्लाह लिने पनि गरेका छन् । कलाकार, लेखकहरुले पनि आफ्नो कृतिको प्रचारप्रसारका लागि समेत यसलाई माध्यम बनाउने गरेका छन् । आफन्त-साथीका कविता, लेखहरुमा पनि सामाजिक सञ्जालमा पढ्न पाइन्छ । सेलिब्रिटीहरुले सामाजिक सञ्जालमा लेखेकै विषयबस्तु पनि मिडियाहरुका लागि समाचारसमेत बन्ने गर्दछ ।
    फेसबुकमार्फ अभियानहरु पनि सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरणहरु हुन्- अकुपाई वालस्टि्रट, जस्मिन रिभोलुसन । नेपालमा पनि अस्ति जेठमा संविधानसभाको म्याद थपिनुअघि युवाहरुले सामाजिक सञ्जालमार्फ भेला भएर राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । युवाहरुले आर्थिक सहयोग जुटाउनलगायतका विभिन्न काममा पनि सामाजिक सञ्जालको सहारा लिने गरेका छन् । विभिन्न संघसंगठनमा उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फ भोट पनि मागेको पाइन्छ ।
    तर सामाजिक सञ्जाललाई सही काममा प्रयोग गर्ने जमात थोरै छ । अनावश्यक गफ गर्ने, अश्लील फोटोहरु राख्ने र त्यस्ता फोटो अरुलाई ट्याग गरिदिने, नक्कली एकाउन्ट खोलेर भ्रम पार्ने, चरित्र हत्या गर्ने, अर्काको फोटो दुरुपयोग गर्ने र गलत सूचना फैलाउनेजस्ता काममा सामाजिक सञ्जाल प्रयोग भइरहेको छ । सामाजिक सञ्जालमार्फ व्ल्याकमेलिङ गर्न खोजिएका समाचारहरु पनि बेला-बेलामा आइरहेका छन् । बरु, ट्वीटरमा गलत कुराहरु त्यतिधेरै देखिंदैन ।
    सामाजिक सञ्जालको अनावश्यक प्रयोगले मान्छेको सिर्जनात्मक काममा ह्रास ल्याउने गर्दछ । कर्मचारीहरुसमेत अति नै व्यस्त भएजस्तो सामाजिक सञ्जालहरुमा अलमलिरहेका हुन्छन् । त्यसैले नेपालभित्रै पनि कतिपय कार्यालयले फेसबुकको प्रयोगलाई निश्चित समयावधिका लागि निषेध गरिदिएका छन् ।
    सामाजिक सञ्जालहरुलाई सिर्जनात्मक काममा प्रयोग गर्ने कि नव-मार्क्सवादी (विशेषगरी विश्वव्यवस्थात्मक उपागम)ले भनेजस्तै पृष्ठ क्षेत्रको मुलुकका हामी केन्द्र (पुँजीवादी) मुलुकले सिर्जनात्मक कार्यमा अवरोध गर्न बनाइदिएको मनोरञ्जनको साधनर् इ-सञ्जालमा अलमलिरहने, तपाई-हाम्रै हातमा छ ।
   

No comments:

Post a Comment