Sunday, July 17, 2011
गोर्खाल्याण्ड टेरिटोरी एडमिनिस्ट्रेशनमा हस्ताक्षर हुँदै
http://www.nagariknews.com/politics/party-politics/28974-2011-07-17-13-17-21.html
Monday, July 4, 2011
लोकदोहोरी, जाँतो र होल्ड
दुइ साताअघि राँकेबाट जीप (ट्याक्सी) मा इलाम आउँदै थियौं । देउरालीनेर आइपुगेपछि एक महिलाले गाडी रोकिन् र सोधिन्, 'सिट छ ?’ चालकले पछाडिको सिटमात्र खाली रहेको जवाफ दिएपछि ती महिलाले भनिन्, 'लोकदोहोरीमा पो बस्नू ?’ झट्ट सुन्दा के भनेकी होलान् जस्तो लाग्थ्यो । तर, तिनले पछिल्लो सिटको कति रमाइलो नामकरण गरेकी रहेछिन् । मैले त त्यो सिटलाई लोकदोहोरी भनेको त्यसअघि कहिल्यै सुनेकै थिइनँ । हुन पनि जीपको पछिल्लो भाग लोकदोहोरी गाउन आमनेसामने भएर बस्ने जस्तै त हुन्छ ।
करिव दुइ वर्षघि तेह्रथुम जाने क्रममा धनकुटाको हिलेमा खाना खाँदै थियौं । एक जना अधवैंशे चिच्याए, 'जाँतो खाली भो ।’ छेवैमा ठूलो आवाज आएपछि आँखा त्यता नपर्ने कुरै भएन । ती मान्छेको थाल रित्तिएको रहेछ । त्यसैले घान लगाउन भात मागेका रहेछन् । जाँतो खाली भो भन्नासाथ होटलवालाले कुरा बुझे र थप खाना ल्याइदिए ।
सोझै अर्थ दिने शव्दभन्दा लोकदोहोरी र जाँतो भनेजस्तै लाक्षणिक शव्दहरुले बोलीचालीलाई रमाइलो बनाउँछन् । प्रायः लाक्षणिक शव्दहरुमा मिठास पनि हुन्छ । त्यसैले सर्न्दर्भअनुसार यस्ता शव्दहरु बारम्बार प्रयोग भइरहेका हुन्छन् । सोझै भन्न नमिल्ने अवस्थामा कतिपय शव्द चाहिं पर्यायवाचीजस्तै विकल्प पनि हुन् ।
हामी टेलिफोनका सर्न्दर्भमा अंग्रेजी शव्द 'होल्ड’को प्रयोग बढी गर्र्छौं । टेलिफोनमा प्रयोग गरिने 'होल्ड’को अर्थ हामी सबैलाई थाहै छ । तर यो शव्दलाई एक जना साथीले यसरी प्रयोग गरे, 'श्रीमती माइत गएर म त एक महिनादेखि होल्डमा छु यार ।’
झापाका इन्सेक प्रतिनिधि एवं मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग)का जिल्ला अध्यक्ष अर्जुन बस्नेतसँग गफ गर्दा यस्ता लाक्षणिक शव्द धेरै सुनिन्छ । करिव चार वर्षघि बाँझोका माङसेबुङ जाने क्रममा रतुवा खोलामा ढुंगैढुंगा देखेपछि उनले भने, 'ओहो, यहाँ त ढुंगाको सोरुम पो रहेछ ।’
नेपाल पत्रकार महासंघ इलाम शाखाका अहिलेका अध्यक्ष उमेश गुरुङ केही वर्षअघि आफूसँग जिस्कने साथीहरुलाई भन्थे, 'केटाहरुलाई खोया बाँडिदिनु पर्ला जस्तो छ ।’ यसको मतलव जिस्कनेलाई खोया खेलाउँदै बस्ने बाँदर नै त भनिएको हो । तर साथीभाइलाई सोझै बाँदर भन्न मिलेन र लाक्षणिक शव्दको सहारा लिए ।
यस्ता थुप्रै शव्दहरु छन् । जसलाई अलि यताउता पारेर अर्थ लगाउनर्ुपर्छ तर अर्थ्याउन पनि खासै गाह्रो पर्दैन । शव्दकोष पल्टाउँदा चाहिं तिनीहरुको सोझो अर्थमात्र भेटिन्छ । भाषा भनेकै सञ्चारको माध्यम न हो । शव्दहरुलाई यता उता पारेर पनि त सञ्चार गर्न सकिने रहेछ । यस्ता कतिपय लाक्षणिक शव्दहरु परिमार्जन हुँदै पनि जान्छन् । समयक्रममा नयाँ-नयाँ लाक्षणिक शव्दहरु पनि उत्पत्ति भइरहेका हुन्छन् ।
एकताका 'चमेरे सिट’ चल्तीमा थियो । बसका सबै सिट भरिएको बेला सह-चालक, कन्डक्टरले भन्थे, 'चमेरे सिटमात्र छ ।’ हामी बुझ्थ्यौं, 'जाने भए चमेराजस्तै झुण्डिएर यात्रा गर्नुपर्छ ।’ यात्राकै सर्न्दर्भमा '११ नम्बर’ बोलीचालीमा प्रयोग हुन्छ । ११ नम्बरको गाडीमा आइयो भन्ने जवाफ आयो भने ऊ हिंडेर आएछ भनेर अर्थ्याइन्छ । दुइ वटा १ ले पाइलाजस्तै संकेत गर्छ । गाडी भनेपछि नम्बर पनि हुनुपर्यो । त्यसैले ११ नम्बर गाडी भनिएको होला ।
तास खेल्दै भन्नुपरेन, 'ऐना हेर्दै’ भन्दा प्रायः सबैले बुझ्छन् । ऐना हेरेजस्तै एकाग्र भएर हेर्दै खेलिने तासलाई जनाउने उपयुक्त शव्द अरु कुनै छ - कसैले ढिलो काम गर्यो भने 'ट्युवलाइट’ भनेर जिस्क्याउँछौं । गाउँघरमा कुनै परिवार छुट्टयिो भने बाक्लो दाल खान थालिएछ नि भनेर जिस्काउने चलन छ । यसैगरी छोराछोरी जन्मिदा 'बढुवा’ भएको पनि भन्ने गर्छन् ।
'आज हात चिलाउँदैछ’ भनेपछि आज कोहीले कुर्टाई खाने सम्भावना बढ्यो भनेर र्सतर्क हुनर्ुपर्छ । कसैले नौलो र अस्वभाविक काम गर्यो भने 'आज पश्चिमबाट घाम झुल्कन्छ कि क्या हो’ वा 'आज किन पानी पर्यो भनेको त..’ भनेर व्यङ्ग्य गर्र्छौं । धुलो चाट्नु, भुइ सुँध्नु पनि त्यस्तै लाक्षणिक शव्दहरु हुन् ।
चिया बनाउने मान्छेले ढिलो गर्यो भने इलाममा 'चियापत्ति लिन कन्याम नै पुगेछ कि क्या हो’ भन्छौं । इलामबाहिर चाहिं 'चियापत्ति लिन इलाम नै पुगेछ कि क्या हो’ भन्छन् । खानेकुरामा चिनी, नुन, खोर्सर्ाा धेरै भयो भने 'भाउ घटेछ’ भनेर व्यङ्ग्य गर्र्छौं । फेरि थोरै भयो भने पनि 'भाउ बढेछ’ भनेर धर दिंदैनौं ।
कतिपय लाक्षणिक शव्दहरु बारम्बार प्रयोग भएपछि छोट्टदिा पनि रहेछन् । कुनै कुरालाई पक्का भन्ने अर्थ्याउन अचेल 'काँटी ठोकेजस्तै’ भनिरहनुपरेन । 'काँटी’ मात्र भन्दा बुझ्न थालिएको छ । माटोमा मिल्नु भनिरहनु परेन । माटो मात्र भने पुग्छ । दिमाग चाट्नु भन्नुपर्दैन । चाट्नुमात्र भन्दा बुझिन्छ । 'गिदी खानु’ लाई 'गिदी’ मात्र भन्दा सुन्नेले सजिलै बुझ्छन् । 'च्युरा कुर्टाई पिट्ने’ भन्नु पर्दैन, 'च्युरा’ भन्नासाथ बुझिन्छ ।
कतिपय चाहिं परिवर्तन हुँदै जाँदा बेग्लै भइसकेका हुन्छन् । पखाला लाग्दालाई 'पचहत्तर’ भनिन्थ्यो । पचहत्तरलाई समेत अंग्रेजीमा उल्था गरेर कतिपयले 'सेभेन्टी फाइभ’ भन्छन् । कसैले सेभेन्टी फाइभले सतायो भन्यो भने ऊ झाडापखालाबाट सताइएको रहेछ भन्ने बुझिन्छ । बान्ता गर्नुलाई चाहिं गजल गाउनु भनिन्छ ।
आकार उस्तै हुने भएकाले शून्य अंकलाई बुझाउन आलु भनिएको हो । मान्छेलाई आलु भनियो भने खत्तम रहेछ भन्ने बुझिन्छ तर हिजोआज तरकारी पकाउँदा आलु जेमा मिसाउँदा पनि उपयुक्त हुने भनेर आलु मान्छे भन्दा कतिपयले सबैसँग मिल्ने खालको भनेर पनि अर्थ्याउन थालेका छन् ।
मात लगाउने पेय पदार्थलाई बुझाउने शव्द त अनगिन्ती छन् । साथी समूह, ठाउँअनुसार फरक-फरक हुन्छ । कुनै ठाउँमा बुझिने शव्दबाट अर्को ठाउँ वा समूहले अर्थ लगाउन नसक्ने पनि हुन्छ । नरसिंह ट्वाक, विजुली पानी, खोया, शक्ति वाटर आदि जुनले पुकारे पनि अर्थ एउटै लाग्छ । कतिपय पसलमा चिया माग्यो भने तातो कि चिसो भनेर सोध्छन् । चिसो भन्यो भने रक्सी टक्र्याइदिन्छन् ।
पेटमा मुसा कुद्यो भन्दा नबुझ्ने कम होलान् । भिजेर मुसा भइयो र मुसा भइयो भन्दा बेग्लाबेग्लै अर्थ लाग्दोरहेछ । अघिल्लोले पानीले पूरै भिजेर मुसाजस्तै चटपटाउन नसकिने भइयो भन्ने अर्थ लाग्छ भने पछिल्लोले छक्याइएको बुझाउँछ ।
शेयर कारोवारबारे जनाउने 'नेप्से’ -नेपाल स्टक एक्स्चेञ्ज) परिसूचकलाई कतिपयले आर्थिक अवस्था जनाउन पनि प्रयोग गर्छन् । कसैले 'नेप्से ओरालो लागेको छ’ भन्यो भने उसको आर्थिक अवस्था नाजुक रहेछ भन्ने अर्थ लगाउनर्ुपर्छ । कतिपयले यसलाई 'कम्पनी टाट’ छ पनि भन्छन् ।
मान्छेको चरित्रको बारेमा कुरा गर्दा 'भालु’, 'झिंगे’ भनेपछि लम्बेतान व्याख्या गरिरहनुपरेन । गैरकानुनी कामलाई दर्ुइ नम्बरी, दुक्की भन्दा धेरैले बुझ्छन् । तर, कारोबार गर्नेहरुले त समूह र ठाउँअनुसार पनि बेग्लाबेग्लै शव्द प्रयोग गरिरहेका हुन्छन् ।
लाक्षणिक शव्दहरु कतिपय निश्चित कार्यालय, समूहले पनि आपसमा बुझ्ने गरीमात्र प्रयोग गरिरहेका हुन्छन् । जसलाई अर्को समूह र कार्यालयले तत्काल बुझ्दैनन् । कतिपयले चाहिं आचरणका आधारमा पनि साथी वा अन्य कुनै व्यक्तिको नामकरण गरेका हुन्छन् ।
उखान तुक्का पनि यसरी नै बन्दो हो । बोलीचालीमा प्रशस्तै लाक्षणिक शव्दहरु प्रयोग भइरहेपनि लेखाईमा कम प्रयोग गरिन्छ । कतिपय शव्दको मिठास बोल्दा जति लेख्दा पाइदैन । तपाईहरु चाहिं कस्ता-कस्ता लाक्षणिक शव्द प्रयोग गर्नुहुन्छ ? यी पंक्तिहरु पढ्दै जाँदा तपाईलाई अरु लाक्षणिक शव्दहरुको संझना आयो कि !
इलाम पोष्ट दैनिकमा २०६८ असार २० गते प्रकाशित

Saturday, July 2, 2011
एसएलसीको नतिजाले उच्च माविलाई संकट
http://nagariknews.com/society/nation/28294-2011-06-30-13-57-20.html
Subscribe to:
Posts (Atom)