Wednesday, June 22, 2011
Thursday, June 16, 2011
अर्जेन्टिनाका मेसी र दार्जिलिङका विमल गुरुङ
पोहोर असारमा जैविक विविधतासम्वन्धी कार्यक्रमको सिलसिलामा सन्दकपुर गएका थियौं । त्यतिबेला विश्वकप फुटबल प्रतियोगिता हुँदैथ्यो । र्सबत्र फुटबलको चर्चा हुन्थ्यो । सन्दकपुर पुगेका भारतीय गाडी चालकहरु पनि फुटबलको अड्कलबाजी लगाउँदै थिए । त्यहीक्रममा एक जनाले प्रश्न तेर्स्यायो, 'यसपाली विश्वकप कसले जित्ला ?’ अर्कोले तत्काल जवाफ फर्काइहाल्यो, 'विमल गुरुङले जित्ला जस्तो छ । मेसीले भन्दा राम्ररी छक्याउँछ ।’
फुटबलसम्वन्धी प्रश्नको यो उत्तर अनपेक्षित थियो तर गोर्खाल्याण्ड आन्दोलन गर्ने गोर्खा जनमुक्ति मोर्चाप्रति तीखो व्यङ्ग्य थियो । त्यतिबेला फुटबलको सबैतिर चासो र चर्चा भएजस्तै सीमावर्ती क्षेत्र र दार्जिलिङ अर्ढाई वर्षघिदेखिको गोर्खाल्याण्ड आन्दोलनले प्रभावित थियो ।
विचार र अडान बारम्बार परिवर्तन भइरहेकोले गुरुङले छक्याउँदैछन् भन्ने स्थानीयले महशुस गर्न थालिसकेका थिए । अर्जेन्टिनाका लिओनल मेसी र मोर्चाका अध्यक्ष गुरुङ दुवै छक्याउथे भन्नुपर्ला । मेसी विपक्षीलाई छक्याउँथे भने गुरुङ आफ्नै र्समर्थकहरुलाई । मेसीले छक्याउँदा र्समर्थकहरु खुशी हुन्छन् तर गुरुङले छक्याउँदा विपक्षीहरु खुशी हुन्छन् ।
स्पेनको बार्सिलोना क्लबबाट खेल्ने मेसीले भर्खरै सकिएको युरोपियन तथा स्पेनिस लिगमा विपक्षीलाई छक्याउँदै दजनौं गोल ठोके । यता मोर्चाका नेता गुरुङले पनि भर्खरै थामिएको आन्दोलनका क्रममा दर्जनौं पटक छक्याए । यो छक्याईले भर्खरै ३४ वर्षेखि सत्तासीन कम्युनिष्टलाई पाखा लगाएर सत्तामा पुगेको कांग्रेस गठबन्धनलाई खुशी पारेको छ ।
विमल गुरुङ कुनै बेला सुवास घिसिङका दाहिने हात मानिन्थे । तर खटपटका कारण उनी पछिल्लो समय घिसिङसँग अलग्गिएर बसेका थिए । सन् २००७ को अगष्ट-सेप्टेम्बरतिर दार्जिलिङका प्रशान्त तामाङ इण्डियन आइडलमा खरो प्रतिष्पर्धीको रुपमा देखिए । तामाङलाई आइडल बनाउन दार्जिलिङबासी उर्लिएको देखेर विमल लोभिए । अनि २००७ अक्टोबर ७ मा खोले गोर्खा जनमुक्ति मोर्चा भन्ने पार्टी व्युँताए गोर्खाल्याण्डको मुद्दा ।
दार्जिलिङ गोर्खा पार्वत्य परिषदका प्रमुख घिसिङले इण्डियन आइडलको अभियानमा साथ नदिएकाले नेपालीभाषीमा असन्तुष्टी बढिरहेको थियो । त्यसैले मोर्चालाई जनर्समर्थन जुटाउन र घिसिङको उछितो काढ्न सजिलो भयो । २८ महिने आन्दोलन गरेर सन् १९८८ मा दागोपापमा सहमति गरेपछि गोर्खाल्याण्डको मुद्दा कहिल्यै नउठाएको आरोप घिसिङमाथि लाग्यो । घिसिङप्रतिको आक्रोस र आफूप्रति जनर्समर्थनको लहर देखेर मोर्चाले २००७ नोभेम्बर ३ मा गोर्खाल्याण्ड आन्दोलन उद्घोष गर्यो र मोर्चाका अध्यक्ष गुरुङ क्ुर्लिए, '२०१० भित्रमा गोर्खाल्याण्ड ल्याउँछौं ।’
२०१० मा गोर्खाल्याण्ड आएन तर २०११ को मध्यतिर अर्थात भर्खरै घिसिङको दागोपाप जस्तै अर्को नामको प्रशासनिक इकाईमा मोर्चाले पश्चिम बंगाल सरकारसँग सहमति गरेको छ । अहिले गोर्खाल्याण्ड आन्दोलन थामिएको छ । छुट्टै राज्य गोर्खाल्याण्डमा बस्ने दर्ुइ दसक पुरानो सपनामा तुषारापात भएको छ र दार्जिलिङवासी टाउकोमा हात राखेर भन्दैछन्, 'दोस्रोपटक धोका पायौं । पहिले घिसिङले धोका दिए, अहिले गुरुङले ।’
मोर्चाका नेताहरुले कतिसम्म भ्रममा पारे भने विधान सभाको निर्वाचनमा चार सिट जितिसकेपछि पनि गोर्खाल्याण्ड आन्दोलनबाट पछि नहट्ने भन्दै भाषण गर्न छाडेनन् । निर्वाचनमा पनि गोर्खाल्याण्डकै मुद्दा बनाएर ८० प्रतिशतभन्दा बढी भोट ल्याए ।
मोर्चाले आन्दोलनका क्रममा पटक-पटक मुद्दा फेरेको थियो । नेताहरु आफ्ना कार्यकर्ताहरुसामु एकथरि बताउँथे र केन्द्र सरकारसँग अर्कोथरी कुरा गर्थे । वार्तामा भएका विस्तृत कुराहरु र्सार्वजनिक गर्दैनथे ।
२००८ डिसेम्बर २७ देखि राज्य सरकार तथा केन्द्र सरकारसँग वार्ताको क्रम अघि बढेको थियो । तर मोर्चाले शुरुमै गोर्खाल्याण्डको मुद्दालाई वार्तामा उठाएन । तीन पटकको वार्तामा दार्जिलिङमा छैटौं अनुसूची लगाउनेसम्वन्धी विधेयक, दागोपाप जस्ता विषयमा मात्र छलफल भयो । डिसेम्बर २१ मा दार्जिलिङमा भएको चौथो त्रिपक्षीय वार्तामा मात्र गोर्खाल्याण्डको मुद्दाले प्रवेश पायो ।
तर, २०१० मार्च १८ देखि वार्ताको विषय अन्तैतिर मोडिन थाल्यो । केन्द्र र राज्य सरकारले मोर्चालाई दार्जिलिङमा अन्तरिम व्यवस्था लागू गर्नुपर्ने र्सत अघि र्सार्न थाले । विकास निर्माण प्रक्रियालाई अघि बढाउन र आसन्न विधान सभाको निर्वाचनजस्ता कारण देखाउँदै २०११ डिसेम्बर ३१ सम्म अन्तरिम व्यवस्था लागू गर्नुपर्ने केन्द्रले प्रस्ताव गर्यो । आन्दोलन लम्बिदै जाँदा पनि छुट्टै राज्य स्थापना हुने सम्भावना देख्न छाडेको मोर्चाले त्यतिबेला सुरक्षित अवतरण नै खोजिरहेको थियो । उसलाई ढुंगा खोज्दा देउता मिले झैं भयो र सहजै प्रस्ताव स्वीकार्यो ।
मोर्चा अन्तरिम व्यवस्थामा जान खोजेपछि नै दार्जिलिङमा र्समर्थकहरुमा असन्तुष्टि सुरु भएको हो । स्थानीय घिसिङलाई जस्तै गुरुङलाई पनि शंका गर्न थाले । मोर्चाले अन्तरिम व्यवस्था भएपनि गोर्खाल्याण्ड आन्दोलन जारी रहने आश्वासन बाँड्यो तर मोर्चाले अन्तरिम व्यवस्थाका बारेमा केन्द्र सरकारसँग गोप्य रुपमा लेनदेनका प्रस्ताव अघि सार्यो, यसले झन् शंका बढायो ।
यही क्रममा अखिल भारतीय गोर्खा लिगका अध्यक्ष मदन तामाङको २०१० मे २१ मा हत्या भयो । मोर्चाको नियत र भ्रष्टाचारका बारेमा र्सार्वजनिक गर्ने भनेर प्रचार गरिएको कार्यक्रम तयारीका क्रममा उनको हत्या भएको थियो । हत्याको आरोप मोर्चालाई लाग्न थालेपछि राज्य सरकारले वार्ताको प्रक्रिया अघि नबढाउने अडान राख्यो ।
यही बेला मोर्चाले अब अन्तरिम व्यवस्थाका लागि वार्ता नगर्ने भन्न थाल्यो । उसले डर्ुवर्सका आदिवासीको र्समर्थन लिन गोर्खा आदिवासी प्रदेशको प्रस्ताव अघि सार्यो । तर छैटौं अनुसूचिको मुद्दा अघि सार्दै आएका त्यहाँका आदिवासीले छुट्टै राज्यको प्रस्तावलाई अस्वीकार गरे । अगष्ट १७ मा भएको त्रिपक्षीय वार्तामा मोर्चाले अन्तरिम व्यवस्थामै जाने सहमति गर्यो ।
मोर्चाले २०११ जनवरी १२ बाट फेरि गोखाल्याण्ड नै हुन्ुपर्छ भनेर आमहडताल सुरु गर्यो । २५ जनवरीमा भएको त्रिपक्षीय वार्तामा अन्तरिम व्यवस्थामै जान मोर्चा सहमत भयो ।
मोर्चाले अन्तरिम व्यवस्थाको सीमा क्षेत्र जलपाइगुडीको डर्ुवर्स र तर्राई क्षेत्र पनि समेटिनुपर्ने माग राख्दै आएको थियो । यसलाई राज्य सरकारले ठाडै अस्वीकार गर्दै आएको थियो । त्यसैले ती क्षेत्रमा प्रभाव देखाउन उसले मार्चपास गर्ने कार्यक्रम राखेर तयारी सुरु गर्यो । त्यही क्रममा चार फेब्रअरीमा सिब्चुमा प्रहरीको गोली लागेर मोर्चाका तीन कार्यकर्ताले ज्यान गुमाए ।
त्यसपछि मोर्चाले फेरि अन्तरिम व्यवस्थामा नजाने र गोर्खाल्याण्डको आन्दोलनलाई निरन्तरता दिने बताउन थाल्यो । १८ अप्रिलमा विधान सभाको निर्वाचन हुँदैथ्यो । यही बहानामा आन्दोलन थामियो ।
मोर्चाले निर्वाचनमा अत्यधिक मत ल्याएपछि विधानसभामै भएपनि गोर्खाल्याण्डका लागि लड्ने बतायो । तर, पश्चिम बंगालको नयाँ सरकारसँग अघिल्लो सोमबार र मंगलबार भएको वार्तामा मोर्चाले दागोपापजस्तै नयाँ प्रशासनिक इकाई गठन गर्न सहमति जनाएको छ । यसको अर्थ हो, छुट्टै राज्यको आन्दोलन अब रोकियो ।
नयाँ सहमतिबारे पनि दार्जिलिङबासीले अझै स्पष्ट बुझिसकेका छैनन् । प्रशासनिक इकाईको नाम के रहने र कति अधिकार रहनेलगायतका कुराहरु मोर्चाले आफ्ना र्समर्थकलाई प्रष्ट पारेको छैन । शक्तिशाली समितिमार्फ अध्ययन गरेर प्रशासनिक इकाईको कार्यक्षेत्र टुङ्गो लगाउने भनिएको छ । तर, सीमाक्षेत्र डर्ुवर्ससम्म विस्तार गर्न त्यति सजिलो छैन । त्यहाँका आदिवासीहरुले विरोध गरिरहेका छन्, उता सीमापारिको भुटानले चासो राख्न थालेको छ ।
सहमतिपछि असन्तुुष्ट बनेका र्समर्थकहरुलाई मोर्चाका नेताहरुले नयाँ व्यवस्था शक्तिशाली हुने र यसैको आधारमा गोर्खाल्याण्ड प्राप्त हुने झुटो आश्वासन बाँड्दैछन् । मोर्चाका प्रवक्ता हर्कबहादुर क्षेत्रीले त गोर्खालीहरुसँग राज्य चलाउने क्षमता नभएकाले प्रशासनिक इकाईको सहमति गर्नुपरेको पनि बताए ।
दुइ वटा गोर्खाल्याण्ड आन्दोलन र घिसिङको अधिनायकवादी शासनका कारण दार्जिलिङको विकास निर्माण, शिक्षा, व्यापार, व्यवसाय अस्तव्यस्त छ । छुट्टै राज्यको सपना तुहाएर ग्रहण गरेको नयाँ व्यवस्थाले विकास, निर्माणको गति बढाउला र व्यापार व्यवसाय फस्टाउला तर लोकतान्त्रिक पद्धति स्थापना गर्ला भनेर ग्यारेन्टी गर्न सकिंदैन ।
घिसिङ विरोधी आवाजलाई निमिट्यान्नै पार्न उद्यत थिए । उनले जे भन्यो, नागरिकले त्यही मान्नुपथ्र्यो । त्यस्तै स्कुलिङमा बसेका गुरुङको शासन पद्धति पनि उस्तै नहोला भन्न सकिन्न । प्रशासनिक इकाईमा जिम्मेवारी नसम्हाल्दै मोर्चाका नेतामाथि भ्रष्टाचारको आरोप लागिसकेको छ ।
आलोचक मदन तामाङको हत्या गरेको आरोप मोर्चामाथि नै छ । गुरुङकै डरले कतिपयले आन्दोलनमा साथ दिए, निर्वाचनमा भोट पनि हाले । सुवास घिसिङ सत्ताच्यूतमात्र भएनन्, असुरक्षाका कारण जलपाइगुडीको पिनटलमा भाडा तिरेर बसिरहेका छन् । भर्खरै पश्चिम बंगाल सरकारसँग भएको सहमतिमा चित्त नबुझेपनि कार्यकर्ताहरु मोर्चा नेतृत्वको डरका कारण बोल्न सकेका छैनन् ।
आशा गरौं, दार्जिलिङमा दुरदर्शी र बौद्धिक राजनीतिज्ञको चाँडै उदय हुनेछ जसले पिंजडाको ढोका खोलिदेओस् । लोकतान्त्रिक पद्धति स्थापना होस्, स्थानीयले शान्ति र अमनचयनको सास फर्ेन पाऊन् र सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको नागरिक हुनुको गर्व गरुन् ।
इलाम पोष्ट दैनिकमा २०६८ असार २ गते प्रकाशित

Wednesday, June 15, 2011
नियम मिचेरै समता स्कुल चलाउने तयारी
http://nagariknews.com/society/nation/27686-2011-06-14-13-54-15.html
Tuesday, June 14, 2011
Friday, June 10, 2011
को हो रोल मोडल ?
नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसीले युथ एभाइजरी काउन्सिलका सदस्यहरुलाई प्रश्न गरे, 'तपाईको रोल मोडल को हो - कोबाट तपाई प्रभावित हुनुहुन्छ -’ यो प्रश्न तेर्सिएपछि दिमाग मन्थन गर्नै पर्ने भो । साँच्चि, को हो त मेरो रोल मोडल - पर्ढाई एकातिर, पेशा अर्कोतिर र ढुलमुले भविष्य हुने मान्छेको रोल मोडल हुने कुरै भएन ।
काउन्सिलका बारेमा अलिकति बताइहालुँ । राजदुत डेलिसीकै पहलमा दुतावासले भर्खरै विभिन्न क्षेत्रका युवालाई छनौट गरेर काउन्सिल गठन गरेको हो । युवालाई सकारात्मक सोच र सिर्जनात्मक काममा प्रेरित गर्न यो गठन भएको हो । काउन्सिलको पहिलो कार्यशाला जेठ ७ र ८ गते काठमाडौंमा भएको थियो । त्यही कार्यशालामा बोल्ने क्रममा राजदुत डेलिसीले रोल मोडलको प्रश्न तेर्स्याएका थिए ।
खेलाडी, कलाकार, धनाढ्य, नेता जोकोही पनि रोल मोडल हुन सक्छन् । जसले आफूलाई प्रभाव पार्छ र त्यही जस्तो बन्न उत्प्रेरित गर्छ, त्यही हो रोल मोडल । मेरो सर्न्दर्भमा चाहिं रोल मोडल नभएपनि सकारात्मक सोचाई र समुदायको हितमा काम गर्ने व्यक्तिले अरुजस्तै प्रभाव पार्छ । सोचाईमा प्रभावित भएपनि काममा उत्प्रेरित हुन नसक्नु मेरो कमजोरी हो ।
तर, सबै मजस्ता हुँदैनन् । कार्यशालामा सहभागी प्रत्येकलाई नियाल्दा सकारात्मक सोच राख्ने र सिर्जनात्मक काममा तल्लीन हुने थुप्रै युवा साथी भेट्टएिँ । उनीहरुका रोल मोडल छन् कि छैनन्, छन् भने को हुन् - मैले सोधिनँ तर उनीहरु चाहिं अरुको रोल मोडल बन्दै रहेछन् ।
माइक्रोसफ्टको प्रतिष्ठित जागिर छाडेर नेपाललगायतका विभिन्न मुलुकमा पुस्तकालय र विद्यालय खोल्ने अभियानमा लागेका जोन उडकै पथमा थिए गोर्खाका सुवास घिमिरे । अमेरिकाको सेन्ट ओलाफ कलेजबाट स्नातक तहमा युनिभर्सिटी टप गरेपछि सुवासले प्रतिष्ठित अनुसन्धान संस्थामा वाषिर्क ५० हजार डलरको जागिर पाए । तर, जागिर चटक्कै छाडेर अहिले २४ वर्षो यी युवा विद्यालय र पुस्तकालय खोल्ने अभियानमा छन् ।
सुवासले आफ्नै गाउँ आरुबारीमा सरस्वती शान्ति स्कुल खोलेका छन् । अमेरिकामा पढ्दा चिनजान भएका व्यक्तिहरुमार्फ सहयोग जुटाएर उनले स्कुल खोलका हुन् । यही वैशाखदेखि पठनपाठन सुरु भएको त्यस स्कुलमा गरिव र द्वन्द्वपीडित बालबालिकाले निःशुल्क पढ्छन् । स्कुलमा अहिले दुइ सय ५० विद्यार्थी छन् । उनीहरुलाई अमेरिकी शिक्षकहरुले पढाउँछन् । स्वयंसेवी शिक्षण गर्न निवेदन दिने ३५ भन्दा बढी अमेरिकीहरुबाट शिक्षक छनौट भएका थिए । उनले राजधानीका स्कुलहरुमा पनि पुस्तकालय स्थापना गरिदिएका छन् ।
अर्का थिए पर्साका वृजलाल चौधरी । अमेरिकामा चार वर्षो पर्ढाई सकिनासाथ फर्किएका उनी आफ्नै गाउँमा माछापालन गर्ने र आयमुलक वृक्षारोपण गर्ने अभियानमा छन् । 'अमेरिकामा पढ्दा पाएको छात्रवृत्तिबाट बचेको रकमले विभिन्न मुलुक घुम्न सक्थेँ तर म आफ्नो मुलुकको मायाले वर्षोनी नेपाल आएँ,’ उनले भने । उनी अहिले अरुलाई पनि सिर्जनात्मक काममा लाग्न र आत्मनिर्भर बन्न प्रेरित गर्छन् ।
स्याङजाका रुख गुरुङ आफ्नो गाउँलाई नमुना बनाउने अभियानमा छन् । उनी राजधानीबाटै योजनाकार लगेर गाउँको मुहार फेन चाहन्छन् । अहिले उनी विद्यालयलाई पुस्तकालय स्थापना गर्न सहयोग गरिरहेका छन् । उनी विभिन्न खालका कार्यक्रमहरु आयोजना गर्छन् र आगन्तुकबाट प्रवेश शुल्कको रुपमा पुस्तक लिन्छन् । गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बन्ने अठोट लिएका रुख भन्छन्, 'हामीले जागिर खोज्ने होइन, जागिर सिर्जना गर्नुपर्छ ।’
सुवास, वृजलाल र रुख युवाहरुका रोल मोडल हुन् । जसले मुलुकले के दियो भन्ने प्रश्न गर्न छाडेर मुलुकका लागि केही गर्न तम्सेका छन् । उनीहरु पक्कै पनि अरुको सामाजिक कामबाट प्रभावित भए होलान् र व्यक्तिगत हितभन्दा समुदायलाई प्राथमिकता दिए । तर, हामी धेरैको बानी चाहिं कस्तो छ भने सामाजिक व्यक्तित्वको बारेमा सुन्छौं, पढ्छौं अनि प्रभावित हुन्छौं र त्यस्तै बन्ने अठोट पनि गर्र्छौ तर विस्तारै विर्सन्छौं ।
युवा मन अलि चञ्चल हुन्छ । महावीर पुनले अमेरिकाबाट पढेर फर्केपछि गाउँमा सूचना प्रविधि विस्तार गर्ने अभियान चालेको कथा पढ्दा त्यस्तै गर्ने सपना देख्छौं । श्रीमतीको गहना धरौटी राखेर व्यवसाय सुरु गरेर भाटभटेनी सुपरमार्केटको मालिक बनेका मीनबहादुर गुरुङको कहानी सुन्दा त्यस्तै भएको कल्पन्छौं ।
आफ्नो लागि मात्र गर्नु हुन्न, अरुको लागि पनि रोजगारी र अवसर सिर्जना गर्नुपर्छ भन्ने बुबाको भनाईबाट प्रेरित भई बेलायतमा पढाइ सक्नासाथ फर्किएर व्यवसाय थालेकी अस्मी राणा र जर्मनीमा पर्ढाई सक्नासाथ नेपाल फर्किएर पुरातात्विक सम्पदा संरक्षणमा लागेका रविन्द्र पुरीले प्राप्त गरेको उचाई प्रेरणादायी छन् । पुरीलाई सम्पदा संरक्षणमा लाग्दा अरुले पागल भन्थे । तर, जब सन् २००४ मा युनेस्को अवार्ड हात पारे, त्यसपछि प्रशंसा गर्ने र सहयोग गर्ने हृवात्तै बढेका छन् ।
काठमाडौंकी दिलशोभा श्रेष्ठले असहाय वृद्धवृद्धालाई घरमा ल्याएर स्याहारसम्भार गर्न थाल्दा कुरा काट्नेहरुको मुख अहिले टालिएको छ । उनी अचेल प्रशंसाकी पात्र बनेकी छन् । उनको अभियानलाई सहयोग गर्न चाहनेको संख्या बढेको छ ।
सस्तोमा गुणस्तरीय शिक्षा दिने अभियानका लागेका उत्तम सञ्जेल, निरक्षर भएपनि अन्य महिलालाई पढ्न, आयमुलक काममा लाग्न प्रेरित गर्ने मकवानपुरकी चमेली वाइवाबाट हामीले पाठ सिक्नुपर्ने हो ।
डडेलधुरास्थित टीम अस्पतालमा कार्यरत डा. अरुण बुढाले प्राप्त गरेको ख्यातिको पृष्ठभूमि कम मार्मिक छैन । कुष्ठरोगको उपचार गराउन आएका बेला भेट भएर विवाह गरी अस्पतालमै परिचरका रुपमा काम गर्न थालेका दम्पत्तिले दुइ वटै छोरालाई डाक्टर बनाए । ती दुइमध्ये जेठा अरुण टीम अस्पतालमै अरु कुष्ठरोगीलगायतको उपचारमा तल्लीन छन् । विरामीलाई गर्ने व्यवहार र उपचार शैलीका कारण उनी लोकप्रिय छन् ।
हामी अधिकतर युवा चाहिं अर्काको कथा पढिञ्जेल/सुनिञ्जेल प्रभावित हुन्छौं । तर, गन्तव्य ताकेर अघि बढ्दैनौं, अघि बढिहाल्यौं भने पनि बीचतैमा छाडिदिन्छौं । जोन उडको 'माइक्रोेसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तक पढेपछि आफ्नो गाउँको स्कुलमा पुस्तकालय खोल्न जुटेका जमुना, इलामका कुमार गुरुङको अभियान अहिले कहाँ पुग्यो कुन्नि ?
सफलता हाशिल गर्न राम्रो परिवारमा हुकर्नु र राम्रो विद्यालयमा पढ्नु नपर्ने रहेछ भन्ने उदाहरण जयराम नेपाली र इन्द्र आचार्य कार्यशालामै थिए । जयरामले कथित तल्लो जात हुनुको परिणाम झेल्दै गाउँको सरकारी स्कुलमा पढे तर संर्घष्ामा अविचलित रहे । उनी अहिले टुडेज युथ एसियामा आवद्ध छन्, विभिन्न मुलुकमा घुमेर अनुभव साटासाट गर्ने र सिक्ने मौका पाएका छन् ।
इन्द्र भुटानी शरणार्थी हुन् । अर्कालाई मागेर राम्रो लगाउनुपर्ने अवस्थाबाट गुज्रदै अघि बढेका उनी अहिले काठमाडौंका चर्चित कलेजहरुमा पढाउँछन्, अध्ययन र कार्यशालामा सहभागी हुन विदेश गइरहन्छन् । जयराम र इन्द्र अवसर पाइएन, बेरोजगार भइयो, पारिवारिक पृष्ठभूमि राम्रो भएन भन्ने युवाको ठाडै प्रतिवाद गर्छन् । मिहेनत र संर्घष्ाले आफै अवसर सिर्जना गर्छ भन्ने उनीहरुको तर्क हो ।
हामी युवाले मौकालाई चिन्न सक्नुपर्छ भन्ने उदाहरण कार्यशालामै थिए निशान्त गौचन । नेपालमा चार वर्षघि बी-बोइङ डान्स भित्रदै गर्दा निशान्तले पर्ढाई चटक्कै छाडे अनि विदेशी प्रशिक्षकबाट डान्स सिके । अहिले उनी बी-बोइङका अगुवा नेपाली प्रशिक्षक हुन् । युवाहरुमाझ बी-बोइङको चर्चा चुलिंदै जाँदा उनको मानसम्मान र आम्दानी पनि बढ्दैछ ।
बी-बोइङका प्रशिक्षकले हिजोआज मासिक ३०-४० हजार रुपैयाँसम्म कमाउँछन् । राजधानीका सांगीतिक कार्यक्रममा बाक्लै देखिने निशान्तको १० सदस्यीय समूहले १० मिनेट नाच्दा न्युनतम दुइ हजार रुपैयाँ लिन्छ ।
हामी धेरै चाहिं गुणस्तरीय शिक्षा भएन, अवसर छैन, काम गर्ने वातावरण छैन, सरकारले केही गरेन भन्दै हात बाँधेर बस्छौं । हरेक कुरालाई नकारात्मक दृष्टिले हेर्र्छौं र विश्लेषण गर्र्छौं । सकारात्मक तरिकाले सोच्ने बानीको विकास गरिहेरौं न । हाम्रो दिमागमा पनि सिर्जनात्मक काम गर्ने केही न केही उपाय आउला कि ! किनभने युवाहरु भविष्यका कर्ण्र्ाारमात्र होइनन्, वर्तमानका राष्ट्र निर्माता पनि हुन् ।
इलाम पोष्ट दैनिक २०६८ जेठ १८ गते प्रकाशित

Wednesday, June 8, 2011
ताप्लेजुङको तोङबा र सुकुटी
पूर्वमा एउटा तुक्का चल्तीमा छ,झापाको खेती इलामकी केटी र ताप्लेजुङको तोङ्बा र सुकुटी राम्रो । इलामका केटी राम्रा हुन् या तुक्कामा अत्यानुप्रास मिलाउन मात्र जोडिएको हो कथ्नेले नै जानून् । तर झापाको उर्वरायुक्त जमिनको खेती र ताप्लेजुङको तोङ्बा र सुकुटी चािहं साँच्चिकै उत्कृष्ट छन् । हिजोआज ताप्लेजुङ भन्नासाथ तोङ्बा र सुकुटी सँगसँगै जोडिएर आउन थालेको छ ।
यहाँ आउने जोकोहीले तोङ्बा र सुकुटीको स्वाद चाख्ने गर्दछ । स्वाद चाखिसकेपछि ताप्लेजुङको तोङ्बा र सुकुटी संझनासाथ रसाउने गर्छ । यस ठाउँको तोङबा र सुकुटीले प्रशिद्धि पाएकै कारण राजधानी काठमाडौंका केही होटलहरुमा ँयहाँ ताप्लेजुङको तोङ्बा र सुकुटी पाइन्छ’ लेखिएको भेटिन्छ ।
सदरमुकाम फुङलिङ बजारमा पहिले शेर्पा लिम्बू गुरुङलगायतका आदिवासी जनजाति समुदायको होटल र घरमा मात्र तोङवा र सुकुटी पाइन्थ्यो अचेल अन्य समुदायले चलाएको होटलमा पनि पाउन थालिएको छ । तोङ्बाको मूल्य ५० रुपैयाँ र एक प्लेट सुकुटी राँगाको मासु सुकाएर बनाइएको परिकार को मूल्य ५० रुपैयाँ पर्छ । यहाँको तोङ्बा र सुकुटी अन्यत्रभन्दा स्वादिलो र रसिलो हुने पारखीको अनुभव छ । बाह्रैमास चिसो रहने फुङलिङ बजारमा तोङ्बा र सुकुटी खाँदै जीउ तताउनुको रमाइलो छुट्टै छ
ताप्लेजुङ तोङ्बा र सुकुटीमात्रै खान आउने ठाउँ होइन । यस जिल्लामा चर्चित धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । काचनजंघा र कुम्भकर्ण हिमाल बाह्य पर्यटकलाई समेत भित्र्याइरहने ठाउँ हो । पाथिभरा र तिम्बुङपोखरीले दशकौंदेखि नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरुलाई ओइर् याइरहेको छ । ओलाङचुङगोलाको चार सय वर्ष पुरानो डिकिछोलिङ गुम्बाले नेपाल भुटान र तिब्बतका बौद्ध धर्मावलम्वीहरु तानिरहेको छ ।
यस जिल्लाभित्र फुङफुङ्गे झरना काचनजंघा संरक्षण क्षेत्र सोदोपोखरी गुराँसका वनहरु जस्ता घुम्न हेर्नलायक ठाउँहरु छन् । जिल्लाका धेरैजसो ठाउँबाट हिमालय श्रृंखला देखिन्छ । हिमचितुवा रेडपाण्डा डाँफेजस्ता दुर्लभ जीवजन्तु हेर्न सकिन्छ ।
पाथिभरामा पाचकन्या कालिकादेवी रहेको विश्वासमा नेपाल भित्र र बाहिरबाट हजारौं हिन्दु धर्मावलम्वीहरु पूजाअर्चना गर्न आउने गर्दछन् । पाथी भरेजस्तो डाँडा भएकाले यसलाई पाथिभरा भएको हो । यो धार्मिकस्थल सदरमुकामदेखि करिव १९ किलोमिटर टाढा छ । पाथिभरा मन्दिरचािहं ३७९४ मिटर उचाईमा छ ।
पाथिभराको कालिकादेवीलाई रक्तकाली बज्रकाली भद्रकाली मंगलाकाली र सिद्धकालीको रुपमा विश्वास गरी पाचकन्या भनेर पुकारिन्छ । यहाँ आएर पूजा अर्चना गरे जस्तोसुकै मनोकांक्षा पूरा हुने विस्वास गरिन्छ । दुःख सङकट परेको बेला पाथिभराको भाकल गरेर अनुकूल समयमा पूजा अर्चना गर्ने चलन पनि छ । पुस र माघमा जाडो बढी हुने भएकाले यहाँ दर्शनार्थी आउँदैनन् । साउनमा पूजा गिरंदैन ।
पाथिभरा डाँडाबाट हिमालय श्रृंखला हेर्नुको आनन्द बेग्लै हुन्छ । गुराँस सुनाखरी धुपी र मालिङ्गोको वन छिचोल्दै मृग र रेडपाण्डा नियाल्दै मन्दिर ओहोरदोहोर गरिन्छ ।
पाथिभरा जान वर्षेनी सहज बन्दैछ । झापाको विर्तामोडदेखि सदरमुकामको सडक दुरी दुई सय ४५ किलोमिटर छ । सडकमा जीप बस चल्छन् । फिदिमदेखि सुकेटारसम्म सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । सुकेटारदेखि भालुगौडेसम्म जीप चल्छ । त्यहाँदेखि तीनदेखि पाँच घण्टामात्र हिडे पाथिभरा डाँडामा पुग्न सकिन्छ ।
काठमाडौंदेखि सोझै सुकेटारसम्म हवाइजहाज चल्ने भएपनि मौसमका कारण त्यति भरपर्दो हुँदैन । यातायात सहज बन्दै गएकाले दर्शनार्थीहरुको भीड पाथिभरामा वर्षेनी बढ्दैछ । भदौ-असोजमा यहाँ बढी भीड हुन्छ । एक दिनमा पाँच हजारसम्मले दर्शन गरेको मन्दिर संरक्षण समितिको तथ्याङ्क छ । यसपटक हिउँद याममा पनि बढी भीड भयो । रामनवमीको दिन तीन हजार एक सयभन्दा बढीले पाथिभराको दर्शन गरे । स्थानीय समुदाय तथा मन्दिर समितिले दर्शनार्थीहरुको लागि खाने बस्ने हिड्ने सहज बनाउन भौतिक पूर्वाधार निर्माण अगाडि बढाइरहेका छन्
अलि लामो समय मिल्यो भने काचनजंघा र कुम्भकर्णको फन्को मार्दै प्राकृतिक सामाजिक साँस्कृतिक विविधतालाई नियाल्न सकिन्छ । यसका लागि हिड्ने क्षमता र घुमाईको आधारमा एक फन्को लगाउन १० देखि २४ दिनसम्म छुट्याउनुपर्छ । जसको लागि घुमाई सुकेटारदेखि सुरु गरेर लिङखिम तापेथोक लेलेप लेलेपकै घुन्सागाउँ जानुपर्छ । त्यसपछि याम्फुदिन गाविस पुगिन्छ । याम्फुदिनमा काचनजंघाको आधारशिविर छ । याम्फुदिनबाट पेदाङ मामाङखे सिकैचा फावाखोला हुँदै सुकेटार आइपुगिन्छ । मामाङ्खेबाट तेल्लोक आम्वेगुदिन हुँदै सिनामबाट गाडी चढेर मध्य पहाडी राजमार्ग हुँदै मेची राजमार्गअन्तर्गत पाँचथरको गणेशचोक निस्केर यात्रा छोट्याउन पनि सकिन्छ
यो यात्रामा शेर्पा तिव्वतीयन मुल लिम्बू गुरुङ राईलगायतका विभिन्न जातिको संस्कृति विभिन्न प्रजातिका बोटविरुवा फूल चराचुरुङ्गी वन्यजन्तु हेर्न सकिन्छ । यही क्षेत्रमा दुर्लभ हिमचितुवा रेडपाण्डा पनि भेटिन्छ ।
बाटोमा खान बस्न उतिसारो महँगो हुँदैन । खाना ७० रुपैयाँदेखि डेढ सय रुपैयाँमा पाइन्छ । कतिपय ठाउँमा खाना खाएपछि सित्तै सुत्न पाइन्छ भने अन्य ठाउँमा २५ देखि ५० रुपैयाँ तिर्नुपर्छ । सदरमुकाममा पनि ५० देखि पाँच सय रुपैयाँसम्म तिरेर सुत्न पाइन्छ
तिम्बुङ पोखरी अर्को चर्चित पर्यटकीय स्थल हो । यो ताप्लेजुङको कालिखोला र पाँचथरको फलैंचा गाविसको सीमानामा छ । ४४८१ मिटरको उचाईमा भारतीय सीमानजिकै रहेको यो पोखरीमा पूजा अर्चना गरे मनोकांक्षा पूरा हुने विश्वास छ । त्यसैले नेपाल भारतका विभिन्न ठाउँबाट पूजाअर्चना गर्न यस ठाउँमा आइपुग्छन् । दर्शनार्थीले चढाएको सिक्काहरु पोखरीको िपंधमा रहेपनि बाहिरबाट प्रष्ट देखिन्छ । सिक्काहरु विभिन्न आकृतिमा देखिन्छ । पोखरी स्वच्छ छ । पोखरीमा पातपतिङगर पर् यो भने चराले टिपेर लाने विशेषताले पनि यहाँ आउने दर्शनार्थी मोहित हुन्छन्
तिम्बुङ पोखरी पुग्न मेची राजमार्गअन्तर्गत पाँचथरको गणेशचोकदेखि करिव तीन घण्टाको जीप यात्रा गरेर च्याङथापु पुग्नुपर्छ । त्यहाँबाट दुई दिन पैदल हिडेरमात्र पोखरीमा पुगिन्छ । फर्कदा एक दिनमा च्याङथापु आइपुग्न सकिन्छ । च्याङथापुदेखि पोखरीबीचको बाटोमा गोठहरुमा मात्र रहेकाले खानेकुरा बास बस्नका लागि आवश्यक सामानहरु आफै बोक्नुपर्छ ।
साँवा गाविसमा रहेको फुङफुङ्गे झरना पनि मनमोहक छ । पानीको तेज बहावका कारण उत्पन्न धुँवासँगै थर्कमान गरेर झर्ने भएकोले यो झरनालाई फुङफुङ्गे भनिएको हो । झरनाको आवाज धेरै टाढासम्म सुन्न सकिन्छ । यसको उचाई ३०० मिटर छ । घनाजङ्गलबीच रहेको यो झरनामा देवीको वास रहेको विश्वासमा पूजाअर्चना पनि गरिन्छ ।
यो झरना भएको ठाउँमा पुग्न सदरमुकामबाट एक दिनको पैदल यात्रा गर्नुपर्छ । यात्राका क्रममा लिम्बू शेर्पा समुदायको संस्कृति नियाल्न सकिन्छ ।
पोखरी नै पोखरी रहेको गाविस हो पापुङ । यहाँ ६० भन्दा बढी पोखरी छन् । यस ठाउँमा एक पटक सोदोपोखरी महोत्सव पनि आयोजना भएको थियो । तर पापुङ पुग्न सदरमुकामदेखि चार दिन पैदल िहंड्नुपर्छ ।
ताप्लेजुङबाट फर्कदा कोसेलीको रुपमा सुकुटी छुर्पी अलैंची काबेली खोलाको माछा ल्याउन सकिन्छ । रसिलो ताप्लेजुङको छुर्पीको प्रशिद्धि बेग्लै छ । यही प्रशिद्धिकै कारण अन्य जिल्लामा पनि ँताप्लेजुङको छुर्पी’ भनेर सक्कली नक्कली छुर्पी बिक्री गरिरहेको भेटिन्छ । <br>
काबेली खोलाको माछा पनि लोकपि्रय छ । साना आकारका बेग्लै स्वाद भएका तीतेमाछाले प्रशिद्धि कमाएको छ । तीतेमाछा काबेली र यो खोलामा मिसिने बाहेकका खोलामा भेिटंदैन । बजारमा सानो सानो पोकामा अलैंची किन्न पाइन्छ । नेपालमै सबभन्दा बढी अलैंची ताप्लेजुङमा उत्पादन हुन्छ ।
नागरिक दैनिकमा २०६८ जेठ १४ गते प्रकाशित

Tuesday, June 7, 2011
लेखाइका ऐजेरु
नयाँ र अप्ठेरो खालको शव्द प्रयोग गर्ने लेखक साहित्यकार जान्ने र राम्रा हुन् । लामो वाक्यमा लेख्न सक्ने र घण्टौं भाषण गर्नसक्ने मानिस विद्धान हुन् । यस्ता सबै सोचाइ भ्रम रहेछन् । कठिन शव्द भएका लेख र पुस्तक कम मानिसले पढ्दारहेछन् । लामो भाषण पनि नसुन्दारहेछन् ।
सरल शव्द र छोटो वाक्यमा लेख्नेले बढी पाठक पाउँदोरहेछ र प्रशिद्धि कमाउँदोरहेछ । मुनामदन यस्तै एउटा उदाहरण हो । सात दशकअघि लेखिएको मुनामदन अहिले पनि लोकपि्रय छ । कर्णाली ब्लुज पल्पसा क्याफे छापामार युवतीको डायरीका पाठक बढ्नुको एउटा कारण सरल भाषाशैली हो । भारतमा अचेल चेतन भगतका पुस्तकहरु बढी बिक्छन् । यसको कारण पनि सरल भाषा शैली नै हो
कृति;लेख लेखिनु ठूलो कुरा होइन अरुले पढिदिनु महत्वपूर्ण हो । आफूसरह र आफूभन्दा जान्ने व्यक्तिलाई मात्र पाठक सोच्नु हुँदैन ।
हामी सानै छँदादेखि नेपाली पढ्छौं तर शिक्षकले भाषाप्रति कहिल्यै गम्भीर बनाउँदैनन् । हामी आफै गम्भीर बन्ने त कुरै भएन । बरु नेपालीलाई सजिलो विषय भनेर हेलचेक्र्याई गरिदिन्छौं । नियालेर हेर्यौं भने हामीले पढेको पाठ्पुस्तकमै प्रशस्त गल्ती भेट्छौं । शिक्षकले प्रयोग गर्ने शव्द र वाक्यको त कुरै छाडौं ।
मैले क्याम्पस पढ्दा नेपालीलाई मुल विषय बनाइनँ । त्यसैले व्याकरणका नियमहरुमा उतिसारो ध्यान गएन । सूचना प्रवाह गर्ने मिडिया क्षेत्रमा लागेपछि यसमा चासो राख्नै पर्ने रहेछ । जति जान्यो उति राम्रो हुने रहेछ । लेखाइकै आधारमा नयाँ हो कि पुरानो हो राम्रो या ठीक-ठीकैको हो पत्रकार छुट्टिन्छन् ।
सामान्य साक्षर पाठकलाई लक्षित बनाएर पत्रिकामा लेख्नुपर्छ । अझ रेडियो सुन्ने त निरक्षर पनि हुन्छन् । भन्न खोजेको कुरा ठीक तरिकाले बुझियो भने मात्र समाचार हुन्छ । अर्कै अर्थमा बुझियो या बुझ्दै बुझिएन भने समाचार भएको अर्थ लगाउन सकिदैन ।
गलत तथा कठिन शव्दको प्रयोग र व्याकरणमा हेलचेक्र्याई गर्दा सही ढंगले बुझ्न सकिदैन । लेख्ने/बोल्नेले पाठक/स्रोतालाई सहज तरिकाले बुझाइदिनुपर्छ । अर्थ खोज्न शव्दकोश पल्टाउन नपरोस् । लेख्नेलाई नै फोन गरेर/चिठी लेखेर अर्थ सोध्ने कुरा भएन । मधेसी समुदायका एक जना पत्रकारले भनेको कुरा संझन्छु । ठेट र घुमाउरो भाषा प्रयोग गर्ने खगेन्द्र संग्रौलाको लेख तराईबासीले पढ्दैनन् । उनको लेख पढ्न शव्दकोश साथमै हुनुपर्छ; उनी भन्थे ।
हाम्रो व्याकरण चाहिं रहस्यमय छ । ह्रस्व दीर्घ पदयोग/वियोगका बारेमा चाहिं नियम बुझेर/जानेर साध्य छैन । अपवाद नै अपवादका नियम छन् । कुन भाषा, शैली प्रयोग गर्ने भन्नेमा सधैं अलमल्ल हुनुपर्छ । एकथरिले ह्रस्व लेख्नुपर्छ भनेको शव्द अर्को थरिले दीघ लेख्नुपर्छ भन्छन् । पदयोग र वियोगको कुरा पनि त्यही हो । पूरालाई पुरा, स्कूललाई स्कुल, कानूनलाई कानुन, दशलाई दस लेख्ने जमात बढ्न थालेको छ । हुन त यसमा विवाद कायमै छ । हलन्त तथा न र ण प्रयोग गर्ने सन्दर्भमा पनि त्यस्तै छ ।
भाषाविदहरुले नियममा एकरुपता ल्याउन पहल नगरेका होइनन् । उनीहरु पटक-पटक छलफल गर्छन् । तर आ-आफ्नै तर्क र अडान नछाड्नाले निश्कर्षमा पुग्दैनन् । त्यसैले हामीजस्ता सामान्य लेख्नेले ह्रस्व-दीर्घमा उतिसारो गम्भीर बनिरहनु नपर्ला ।
हामीले ख्याल गर्नुपर्ने चाहिं शव्द चयनमा रहेछ । अर्थ नबुझी शव्द प्रयोग गर्दा गलत सन्देश जाने रहेछ । लामो वाक्यले अलमल्याउँछ । वाक्य छोटो पार्न समस्या छैन । हाम्रो बानीमात्र बिगि्रएको हो । थोरै ख्याल गर्ने हो भने पनि हामी वाक्यलाई छोटो बनाउन सक्छौं ।
वाक्य लामा र बुझ्न कठिन हुने केही कारणहरु केलाऔं । हामी शव्दकोशमै नभएका शव्द लेख्दारहेछौं । धुम्रपानले ध्वाँसो भन्ने अर्थ बुझाउँदोरहेछ । हामीले भन्न खोजेको धूमपान रहेछ । निषेधित शव्दकोषमा छैन । निशिद्धलाई आफूखुशी निशेधित बनाइरहेका छौं । सुचारुको अर्थ सुन्दर; राम्रो भन्ने रहेछ तर हामीले साचालन भएको अर्थमा प्रयोग गरिरहेका छौं । असक्षमको सट्टा अक्षम बाहुल्यताको सट्टा बहुलता प्रयोग गर्नुपर्ने रहेछ । कतिपय अवस्थामा थर लेख्दा पनि ख्याल गर्नुपर्छ । शाहले ठकुरी जनाउँछ साहले मधेसी जनाउँछ । यी उदाहरणमात्र हुन् । खोज्दै जाने हो भने हाम्रा लेखाइमा असंख्य गल्ती भेटिन्छ ।
कठिन शव्दको विकल्पमा सरल शव्द प्रशस्त्र भेटिन्छ । हाम्रो लेखाइ सरल हुनुपर्छ । उच्चारण गर्न र लेख्न सजिलो छ भने पढ्न र बुझ्न पनि सजिलो हुन्छ । कृषकको सट्टा किसान पृष्ठको सट्टा पेज आश्विनको सट्टा असोज आरम्भ/प्रारम्भको सट्टा सुरु झन् राम्रो र सजिलो हुदैन र ! दुई शव्दको सवारी साधनको सट्टा एक शव्दको गाडी लेख्दा पो अझ प्रष्ट हुन्छ कि ! सवारी साधनले घोडा उँटलाई समेत अथ्र्याउँछ कि ! लामो शव्द स्थानीयवासीहरुको सट्टा छोटो स्थानीयमात्र लेख्दा अर्थमा के फरक पर्ला दुई शव्दको निकट समयको सट्टा एक शव्दको चाँडै भन्न र सुन्न सजिलो होइन र !
हाम्रो लेखाइमा ऐंजेरुले भरिएको हुन्छ । एउटै अर्थ लाग्ने दुई वा सोभन्दा बढी शव्द प्रयोग गरिरहेका हुन्छौं । त्यसले वाक्यलाई लामो र भद्दा बनाइरहेको हुन्छ । योजनामा अगाडि भावी वा भविष्यको ऐंजेरु लगाइदिन्छौं । योजना सधैं भविष्यकै हुन्छ । इतिहासको अघि विगतको/वितेको जस्ता ऐंजेरु लागिरहेको हुन्छ । अनुभवको अगाडि पूर्व/पहिलेको जोडिरहनु परेन । कालो मोसो दोहोरो भिडन्त युगल जोडी पनि त्यस्तै उदाहरण हुन् ।
धेरैले कष्टकर र कष्टप्रदलाई उल्टो अर्थमा प्रयोग गर्छन् । अधिकांश सबै ठाउँमा प्रयोग गर्न मिल्दैन । गन्न नसकिने सन्दर्भमा मात्र अधिकांश उपयुक्त हुन्छ । गन्न सकिने भए अधिकतर प्रयोग गर्नुपर्छ । एड्स लाग्छ कि हुन्छ खुट्याउनुपर्छ । दोब्बर बढ्दा र दोब्बर हुँदा अर्थमा फरक पर्छ कि पर्दैन ।
हरु थपिदा मात्र बहुवचन जनाउँछ भन्ने भ्रमले पनि समस्या पर्छ । जनता स्थानीय जस्ता शव्दले हेर्दा एकवचनजस्ता देखिए पनि बहुवचन जनाउँछन् । यस्ता शव्दमा हरु थप्नु आवश्यक नै छैन । लेखाइमा बोलीचालीको शव्द रुचाइन्छ । तर यसो भन्दैमा भाषा र व्याकरण बिगार्न पनि मिल्दैन । सरलताका नाममा असभ्य शव्द प्रयोग गर्नु पनि हुँदैन ।
शव्दलाई मात्र ख्याल गर्ने हो भने पनि लेखाइ सरल बन्ने रहेछ । वाक्य छोटो हुने रहेछ । भन्नेले त भन्छन्न-'जानी गरेको मात्र गल्ती हो । जानी-जानी गरेको चाहिं शैली हो ।' शैली भन्दै भाषा बिगार्दै हिड्ने कि सुधार्ने तपाईकै हातमा छ ।
इलाम पोष्ट दैनिकमा २०६८ जेठ ४ र ब्लाष्ट टाइम्स दैनिकमा जे १५ गते प्रकाशित ।

Subscribe to:
Posts (Atom)